एनआईसी एशिया बैंकद्वारा औषधी उपचार वापत बीमा रकम पाए पश्चात दंग पूर्णिमा

बिराटनगर / एनआईसी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखाले चमत्कारिक बचत खाता वाहक ग्राहक महानुभावलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी पूर्णिमा श्रेष्ठलाई औषधी उपचार वापतको बीमा दावी रकम रू. ६१,५२९ हस्तान्तरण गरेकाे हो । कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रबन्धक शंकर सुवेदी, उप–प्रादेशिक कार्यलय विराटनगरका प्रमुख विष्णु प्रसाद आचार्यले उक्त रकम हस्तान्तरण गरेका थिए ।

एनआईसी एशिया बैंकबाट कारोबार गर्दै आइरहेका पूर्णिमा श्रेष्ठले कार्यक्रममा औषधी उपचार वापतको रकम बुझे पश्चात बैंकप्रति अझ विश्वास बढेर आएको बताए । बैंकमा न्यू सुपर चमत्कारिक खाता खाेल्ले ग्राहकहरूले २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा रू. १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा बैंकले उपलब्ध गराउदै आएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाइएकाे छ ।

करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…