एघार लाखको लागतमा कृषि उपज केन्द्र निर्माण

गौशाला, २४ पुस । महोत्तरी जिल्लाको कान्तिबजारमा रु ११ लाखको लागतमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र निर्माण भएको छ ।
जिल्लाको पश्चिमवर्ती दुर्गम गाविस लक्ष्मीनियाँ गाविस–७ स्थित कान्तिबजारमा जिल्ला कृषि विकास कार्यालयको रु नौ लाख ६९ हजार र उपभोक्ताको रु एक लाख ४५ हजार ८७९ गरी कुल रु ११ लाख १४ हजार ८७९ को लागतमा दुई कोठे पक्की कृषि उपज केन्द्र निर्माण गरिएको हो ।

त्यसैगरी सो केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने रु दुई लाख ६० हजार बराबरको भौतिक स्रोत साधन सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबासले प्रदान गरेको छ । कान्तिबजारमा जिल्लाकै पहिलो कृषि उपज केन्द्र स्थापना भएपछि सो क्षेत्रका हजारौँ किसानले आ–आफ्ना उत्पादन बजारमा सुरक्षित र समयानुसार पूर्ति गर्न सक्ने तथा आफैँले उचित मूल्य निर्धारण गर्न सकिने भएको भन्दै खुसी व्यक्त गरेका छन् । रासस

तपाईको प्रतिक्रिया

Loading...