उवासंघ इटहरीको महासचिवमा पिताम्बर र बरिष्ठ उपाध्यक्षमा दिवस पोखरेल मनोनित

इटहरी । उद्योग बाणिज्य संघ इटहरीको नवनिर्वाचित अध्यक्ष भिम पौडेल सहितका निर्वाचितहरुलाई पदस्थापना गराईएको हो । उद्योग बाणिज्य महासंघ अध्यक्ष भवाणी राणाको उपस्थितमा पदस्थापना गराईएको हो । उद्योगा बाणिज्य संघको महासचिव पिताम्बर पोखरेल,वरिष्ठ उपाध्यक्षमा दिवस पोखरेल उपाध्यक्षद्धयमा अनिल सुब्वा र लक्ष्मण हुमागाई चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा गायत्री भण्डारी चयन भईन ।

उद्योग सचिवमा विष्णु डागी र बाणिज्य सचिवमा शोभा कोईराल (सविना)लाई मनोनित गरिएको हो । नवनिर्वाचित अध्यक्ष भिम पौडेलले ब्यापारीहरुको हक हितको विषयमा गम्भिर रुपमा लाग्ने बताए । आफुले निर्वाचन अगाडि बाढेको आश्वसन जसरी पनि पुरा गर्ने उनको भनाई थियो । गत असार १४ गते भएको इटहरी उद्योग बाणिज्य संघको निर्वाचनमा काग्रेस निकट ब्यवसायी भिम पौडेल समुहका सम्पूर्ण टिम विजयी भएका थिए उनका प्रतिद्धन्दी शैलेश विष्ट समहुको हार भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…