उदयपुरमा नेवारी परिकार प्रवद्र्धन तालिम

khhhhanaउदयपुर १२ असार / नेवारी परिकार बनाउने परम्परागत सिपको प्रवद्र्धन गर्नका लागि उदयपुरको बेल्टारबसाहा नगरपालिकामा दुई दिने तालिम दिइएको छ । काठमाडौं लगायत विभिन्न ठूला शहरमा नेवारी परिकारले ट्रेडमार्क नै पाएपनि उदयपुरको ग्रामिण भेगका नेवार समुदायमा यो शिपको अभावदेखिएकोले तालिमको आयोजना गरिएको नेवाःदेय्ःदवु को अध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए ।

उनका अनुसार नेवारी मुख्य परिकारहरु यमरी, चटामरी, ओमरी, समेवजी लगायत मासुको छौइला, कचेला, भुटेको, साँधेको, पकाएको परिकार बनाउन तालिम दिईएको बताए ।

नेवारी संस्कार, संस्कृति र परम्परागत क्रियाकलापमा नभई नहुने परिकारहरुको तालिमले नयाँ पुस्तालाई आप्mना पौराणीक परम्परागत सिप जगेर्नाका लागि जागरुक बनाएको उनको भनाई रहेको थियो । चामलको पिठोबाट विशेष प्रकारको आकारमा बनाईएको यमरी, चटामरी, ओमरी, समेवजी लगायत मासुको छैला, कचेला, भुटेको, साँधेको, पकाएको परिकारबारे तालिम दिइएको नेवारी समुदायका अगुवा गौरीशंकर उदासले बताए ।

तपाईको प्रतिक्रिया

Loading...