उदगमकाे पाचाैँ साधारणसभा – बिद्यार्थी देखि कर्मचारी सम्मलार्इ सम्मान

udgam

इटहरी / सुनसरीकाे इटहरी स्थित उदगम बचत तथा त्रृण सहकारी संस्थाले शनिवार अाफ्नाे पाचाैँ बार्षिक साधरणसभा सम्पन्न गरेकाे छ । गाेरखा डिर्पाटमेन्ट स्टाेरकाे सभाहलमा सम्पन्न् सहकारीकाे पाचाै साधरण सभामा पूर्वका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियाे ।

सहकारीका अध्यक्ष तारा पुलामीकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा लामाे समयदेखी सहकारीलार्इ बिभिन्न क्षेत्रबाट याेग्दान दिदै अाएका सामाजिक ब्याक्तीत्व तथा साेही सहकारीका संस्थापक सदस्य पर्शुराम अधिकारी लगायत उत्कृष्ट सेयर सदस्य , बचतकर्ता , लगायत बिभिन्न सामाजिक क्षेत्रका ब्याक्तित्वहरूलार्इ सम्मान गरिएकाे थियाे ।

साथै बर्ष २०७२ काे एसएसली परिक्षामा सर्वाेत्कृषट नतिजा ल्याउने शेय सदस्यका छाेराछाेरी मध्ये इटहरी निवासी काजल सापकाेटा र यस बर्षकाे उच्च मावी परिक्षा अन्तरगत + २ मा सर्वाेत्कृषट नतिजा ल्याउने शेय सदस्यका छाेरा बिजयजंग कार्कीलार्इ सहकारीले नगद र कदर पत्र सहित सम्मान गरीएकाे थियाे ।

उदयाेग बाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेतकाे प्रमुख अातिथ्यमा सम्पन्न सहकारीकाे पाचाै बार्षिक साधारण सभामा सचिव भरत खडकाले संस्थाले गरेकाे प्रगतीकाे बिषयमा अाफ्नाे प्रतिवेदन पेश गरेका थिए । त्यस्तै सहकारीकाे अागामी याेजना र कायर्दिशा लगायत कर्मचारी अनुसासनकाे बारेमा अध्यक्ष तारा पुलामीले अाफ्नाे प्रतिवेदन प्रस्तुत गेका थिए ।

कार्यक्रममा उक्त सहकारीले एक बर्षकाे अन्तरालमा १ कराेड ३१ लाख १५ हजार १ सय ८२ रूपैयाकाे काराेबार गरेकाे र त्यसमा सहकारीलार्इ १ लाख २५ हजार ७ सय नाफा भएकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…