ईटहरीको पाथिभरा एडभरटाईजिङ उत्कृष्ट एजेन्सी घोषित

काठमाण्डौ । सुनसरकिो ईटहरीमा रहेको पाथिभरा एडभरटाईजिङ देशभरबाट नै उत्कृष्ट कारोबार गर्ने एजेन्सीका रुपमा सम्मानित भएको छ । बिहिबार काठमाण्डौमा आयोजित राजधानी दैनिकको १९ औ बार्षिकोत्सबको अवसरमा एक कार्यक्रमका बिच उत्कृष्ट एजेन्सी अवार्डका रुपमा नेपाल बिज्ञापन सङ्घका अध्यक्ष शशी रिजाल र राजधानी दैनिक प्रकाशन प्रालिका अध्यक्ष महेन्द्र शेरचनले संयुक्त रुपमा सो अवार्ड प्रदान गरेका हुन ।

लगातार ३“बर्ष सम्म देशभरीबाट नै पाथीभरा एडभरटाईजिङलाई उत्कृष्ट एजेन्सीका रुपमा सम्माान गरिएको हो । सम्मान ग्रहण गर्दै एजेन्सीका प्रबन्ध निर्देशक पवन अधिकारीले यो अवार्ड प्राप्त गर्नु आफनो लागी गोरवको बिषय भएको बताए । देशका मुलधारका सबै मिडियाहरुबाट उत्कृष्ट अवार्ड प्राप्त गरिसकेका अधिकारीले आगामी दिनमा एजेन्सीलाई थप परिष्कृत गदै उत्कृष्ट बनाउन लागी पर्ने बताए । यसैबिच कलश एडभरटाईजिङ,जोईन मिडिया,सफल मिडिया र म्याक्स मिडिया समेत कार्यक्रममा अबसरमा सम्मानित भएका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…