‘इ’ रिक्सा दर्ता खुला

मोरङ १५ जेठ । तेह्र महिनादेखि रोकिएको ‘इ’ रिक्सा दर्ता प्रक्रिया आइतबारदेखि खुला गरिने भएको छ ।  आन्दोलनमा रहेका इ रिक्सा चालक र उपमहानगरपालिकाबीच आज सहमति भएपछि दर्ता सुरु हुने भएको हो । विराटनगर उपमहानगरपालिकामा आज भएको छलफलमा जेठ १३ गतेसम्म खरिद गरेको इ रिक्सालाई विराटनगर स्थायी बसोवास भएका व्यक्तिले आफ्नो कागजपत्रसहित आएमा दर्ता पाउनेछन् ।

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले इ रिक्सालाई व्यवस्थित गर्न रुटसहित दर्ताका लागि सिफारिस गर्ने सहमति भएको बताउनुभयो । उपमहानगरपालिकामा हालसम्म ३०० इ रिक्सा सञ्चालनमा रहेका छन् । हालसम्म १५० इ रिक्साले आफ्नो कागजपत्र दर्ता गराएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...