इटहरीमा १ कराेडकाे लगानीमा ‘द व्यायामशाला’ संचालनमा

इटहरी /  इटहरीमा ‘द व्यायामशाला’ फिटनेश सेन्टर सञ्चालनमा आएको छ । इटहरी ९ स्थित बिपीचाेकमा रु एक करोडको लागतमा साे व्यवसाय संचालनमा आएकाे हाे । व्यायामशालामा जिम, वेट ट्रेनिड, जुम्बा, क्रस पिट एकेडेमी, पर्सनल ट्रेनिड, लकर लगायतका सुविधा रहेकाे र फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । शारीरिक सुगठनका लागि फिटनेश सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने र यो स्वास्थ्यका लागि आवश्यक भएको संचालिका ममता प्रसाइले बताइन् ।

करिब ५ बर्ष डेनमार्क बसेर आफ्नै ठाउँमा केही गर्ने साेचका साथ याे क्षेत्रमा लगानि गरेकाे प्रसाइले बताइन् । व्यायामशालामा अमेरिका, चाइना तथा भारतबाट अत्याधुनिक मेसिनहरू निर्यात गरेकाे रहेकाे छ । उक्त सेन्टर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

उनले सिंगापुरबाट पर्सनल ट्रेनर सटिफिकेशन (NCSF) काे तालिम सम्पन्न गरि व्यायामशाला संचालन गरेकाे र आगामी दिनमा NCSF का काेर्षहरू संचालन गरिने समेत बताएकी छिन् ।

 

तपाईको प्रतिक्रिया

Loading…