इटहरीमा यामाहाको एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक

इटहरी, १८ भाद्र,  नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो सफल तथा लोकप्रिय एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी२५ इटहरीमा पनि सार्वजनिक गरेको छ । एमएडब्लु इन्टरप्राइजेजले बिहीबार एक भव्य समारोहबीच २५० सीसीको नयाँ मोडेलको बाइक सार्वजनिक गरेको हो ।

यामाहा एफजी२५लाई इटहरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सार्वजनिक गरेका हुन् । सो अवसरमा इटहरीका लागि यामाहा डिलर तिरुपति अटो सिटीका प्रबन्ध निर्देशक संयोय पराजुली, पूर्वाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयका एस.पी. राजकुमार लम्साल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एस. पी. विद्यानन्द माझी, ईलका प्रहरी कर्यालय ईटहरी प्रमुख डि. एस. पी. संजय राउत, राष्ट्रि«य अनुसन्धान विभागका एस.पी. सोहन कुमार रौनियार, उद्योग वाणिज्य सघ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट, पत्रकार महासंघ सुनसरी जिल्ला अध्यक्ष अमर खड्का, ईटहरी उ.म.न.पा.का वडा नं. ६ का वडाध्यक्ष दिपक गौतमको पनि उपस्थिति थियो ।
अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।


एफजी२५ को डिजाइन शक्तिशाली मांशपेसी भएका खेलाडीको झैं ‘रोबस्ट’ बनाइएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने मात्र होइन वातावरणमैत्री पनि छ । एफजी२५का विशेषताले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नयाँ बाइक तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । एमएडब्लु इन्टरप्राइजेजले एफजी२५को बजार मूल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...