इटहरीमा द व्यायामशाला प्रती बढ्दो आकर्षण

इटहरी / इटहरीकाे विपी चाेकमा विगत १ बर्ष देखि संचालनमा आएकाे द व्यायामशाला प्रतिकाे आकर्षण अहिले निकै बढेको छ । आफ्नाे छुट्टै पहिचान बनाएर सफलता तर्फ अघि बढेकाे द व्यायामशालाले अहिले आफ्नाे पहिलो वार्षिक उत्सव फागुन २५ देखि २ गते सम्म विविध कार्यक्रम र थप सेवा सुविधाका साथमा मनाउँदै छ । मानव शरिरकाे विभिन्न भागकाे व्यायाम गरि फिट हुनका लागि संचालनमा आएकाे व्यायामशालामा हाल मान्छेकाे भिड र आकर्षण बढ्दाे छ । व्यायामशालाले आफ्नाे पहिलाे वार्षिक उत्सवकाे अवसरमा धेरै अफरहरु दिदै विभिन्न खेलहरु खेलाउँदै गरेकोले अहिले सम्ममा ५० जना भन्दा बढी सेवाग्राहीलाई शारीरिक रुपमा फिट बनाउन सफल भएको साथै नर्मल देखि विशेष सबै खालका प्याकेजहरुकाे सुविधा रहेकाे द व्यायामशालाकी संचालिका ममता प्रसाईले बताइन । उनले याहाँ आउँने हरुले समेत राम्रो प्रतिक्रीया दिएकाे साथै अहिले बिहान र बेलुकाकाे समय गरि २ सय ५० जाना भन्दा बढी सेवाग्राहीहरु व्यायाम गर्नका लागि आउने गरेकाे उल्लेख गरिन ।

शुरुकाे समयमा १ तल्लामा कमै जिम गर्ने मानिसहरुकाे सहभागितामा संचालनमा आएकाे व्यायामशालामा अहिले २ वटा फराकिलो तल्लामा व्यवस्थित किसिमले विस्तार गरेर अरुलाई जिम र शारीरिक कसरतकाे आवश्यकता साथै महत्त्वकाे बारेमा समेत परामर्श दिन सफल भएको संचालककाे भनाइ छ। समयकाे पालना गर्दै अघि बढ्ने साेचकाे विकास गरेर अरुलाई व्यायामबाट फिट बनाउँन सफल द व्यायामशालाले जुम्बा पनि फरक र रमाइलो ढंगले सिकाएर १ घण्टाकाे जुम्बा फिटनेसलाई प्रभावकारी बनाउँन एराेबिक्स पेटकाे कसरतहरु सबै मिक्स गरेर उमेर र शारीरिक हिसाबले सिकाउंने समेत गरेकाे छ ।

गत बर्षकाे फागुन ३० गते बाट १ कराेडकाे लगानीमा प्रदेश १ काे व्यापारिक केन्द्र इटहरीमा संचालनमा ल्याएकाे व्यायामशालाले अहिले राम्राे आर्थिक काराेवार गर्न सफल भएको संचालनकाे भनाइ छ । करिब ५ बर्ष विदेशी भुमिमा बसेर नेपाल फर्केर व्यायाम गर्दा फाइदा पुग्ने कुरा पढाइ र अभ्यास संगै जानकारी पाएर यस प्रकारकाे सेवामूलक व्यावसाय तर्फ आकर्षित भएकोले अहिले आफ्नाे काम तथा व्यायामशाला लाई सेवाग्राहीहरुले समेत मन पराएकाे संचालिका प्रसाईले बताईन । उनले व्यायामशालामा आफु संगै श्रीमान अनुप सुवेदीकाे समेत राम्रो साथ सहयाेग पाएकाेले समाजकाे अगाडि व्यावसायमा परिचित बनेर अघि बढ्ने माैका समेत पाएकाे पुर्वेली न्यूजसँगकाे कुराकानीमा उल्लेख गरिन ।

व्यायामशालाकाे चर्चा संगै जिम गर्नका लागि विभिन्न ठाउँबाट आउनेहरुकाे भिड बढ्न थालेकाले बिहानकाे समयमा ५ जाना र बेलुकाकाे समयमा ३ जाना ट्रेनरलाई जिममा खटाउँने गरिएको छ । व्यायामशालामा मुख्य रुपले मानिसकाे वजन घटाउंने, बढाउंने, वडी विल्डरकाे लागि विशेष प्रकारकाे अभ्यास समेत गराइन्छ भने याेगा, जुम्बा लगायतकाे लागि समेत सुविधा रहेको छ । व्यायाम गर्नका लागि आधुनिक प्रकारकाे विदेशी मेसिन थप्ने क्रम समेत जारी रहेकाेले आगामी समयमा काठमाडौ लगायत देशकाे केही मुख्य शहरहरुमा शाखा खाेलेर अझै यसकाे विस्तार र विकास गरि अरुलाई थप सेवा सुविधा दिने आफ्नाे मुख्य याेजना रहेको संचालककाे भनाइ छ ।

महिला पुरुष दुवैका लागि फाइदा जनक भएकोले उनिहरुकाे बराबरी रुपमा सहभागिता हुने गरेकाे व्यायामशालामा मासिक न्युनतम शुल्क २ हजार देखि स्पेशल काेषका लागि १२ हजार सम्मकाे शुल्क लाग्ने भएकोले हामी सबै स्वास्थ्य मानिस जसरी अघि बढ्नका लागि सबै प्रकारकाे माैसम तथा आधुनिक समयमा व्यायामकाे झनै आवश्यकता भएको संचालनकाे भनाइ छ । द व्यायामशाला इटहरीमा राम्रो सुविधाका साथै समय अनुकुल वातावरणमा सिस्टमका कुरा आवश्यक हेरविचारका साथमा सिकाएर व्यायाम गराउंने गरेको कारण हिजाेआज यसकाे चर्चा निकै सुन्ने गरेकाे स्थानीयहरु बताउँछन ।

तपाईको प्रतिक्रिया

Loading…