इटहरीका युवाहरुले राष्ट्रिय पोशाक दिवस मनाउने तयारी

इटहरी । नेपाली राष्ट्रिय पोशाक अभियान सुरु गरेका इटहरीका युवाहरुले पुस १७ अर्थात जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउने भएका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउने तयारी गरिएको सुनसरीमा अभियानको संयोजक सस्था रोटयाक्ट क्लब अफ इटहरीका अध्यक्ष बिकल पौडेलले जानकारी दिनु भएको छ ।

राष्ट्रियता संकटमा पर्न थालेकाले सबैमा नेपाली राष्ट्रियता झल्किने पोशाक लगाउन प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन लागिएको अभियानमा सहभागी युवा तथा श्याम पोख्रेलले बताए । यो कार्यक्रम इटहरीका सम्पुर्ण सामाजीक संघ सस्था मिलेर जनवरी १ का दिन आआफ्नो ठाउँमा पोशाक दिवसको कार्यक्रम गर्न लागेका हुन ।

अभियानमा सहभागी टुईटरीएन सोसाइटीका अध्यक्ष हिरा आचार्यले समुहमा सामेल भएर राष्ट्रियताको अभियानमा जोडिन पनि आग्रह गरेका छन् । इटहरीका युवा समुहले पुस १७ गते  इटहरीकाे रेयुकाइ चाैतारीमा  विशेष कार्यक्रम गर्ने भएको छ । बिहान ११  बजेदेखि सुरुहुने कार्यक्रममा राष्ट्रियता झल्किने पोशाक लगाएर आउन युवाहरूले सबैमा आग्रह गरेका छन् ।

जनवरी १का दिन मात्र भएपनि आफ्नो राष्ट्रिय पोशाकहरु लगाऔं भन्दै यस दिवसलाई कुनै एक संस्थाले नियन्त्रण गर्दैन। सबै व्यक्तिले आआफ्नै ठाउँमा आआफ्नै पोशाकहरू लगाएर यो दिवस मनाउन सक्ने कार्यक्रम संयोजक भुपेन्द्र निरौलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...