आलु पाथीकै १८० रुपैयाँ, पुरानोको बिक्रि घट्यो

साेलुखुम्बु / स्थानीय बजारमा नयाँ आलुको भित्रिएसंगै पुरानो आलुको बिक्रिमा गिरावट आएको छ । जिल्लाका देउसा, गोराखानी, केरुङ, तिङला, सल्लेरी लगायतका स्थानबाट नयाँ आलु आएसंगै स्टक रहेका पुराना आलु बिक्रिमा कमी आएको कृषकहरुले बताउने गरेका छन् ।

बजारमा नयाँ आलु पाथीकै १८० रुपैयाँ सम्म बिक्रि भएको छ । कतिपय कृषकले केजीको एक सयमा सम्म आलु बिक्रि गर्दै आएका छन् । नयाँ आलुकै कारण पाथीको १५० रुपैयाँसम्म बिक्रि भएको पुरानो आलुको बजारमुल्य १२० सम्म झरेको छ । कम मुल्यमा दिदा पनि बिक्रि गर्न मुस्किल हुने जैदुकी सन्चमाया तामाङले गुनासो गरिन् । हेर्दा राम्रो र खाँदा स्वादिस्ट हुने भएकाले पनि नयाँ आलुले उपभोक्ताको ध्यान तानेको हुनसक्ने हाटव्यापारीहरुले बताएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…