आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी कदापि स्वीकार्य हुँदैन : कामु महालेखा नियन्त्रक गौतम

उदयपुर / आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी महालेखालाई कदापि स्वीकार्य हुन नसक्ने कायममुकायम महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमले बताए । उनले उदयपुरको कोष तथा लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको शुक्रबार उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले लेखा समूहका कर्मचारीहरुलाई मापदण्ड र विधीका आधारमा मात्र कारोबार गर्न आग्रह गरे । उनले आर्थिक अनुसासनलाई शुद्धता बनाउदै अगाडी बढ्नु पर्ने सबैको दायित्व भएकाले आर्थिक क्षेत्रमा शुद्धता दिन सके मात्र देश समृद्ध बन्ने ठोकुवा गरे । गौतमले आन्तरिक लेखा परीक्षणलाई मजवुद बनाउने गरी महालेखाले कार्यक्रमहरु अघि सारेको बताउँदै तल्लो तहकै आन्तरिक लेखा कर्मचारीको मुल्यांकनको बिषय हुने बताए ।

उनले लेखा समुहका कर्मचारीलाई कार्यालय प्रमुखको आर्थिक सल्लाहकारको रुपमा रहेर काम गर्न आग्रह गरेकाछन् । उनले दवावमा भन्दा पनि ऐननियम अनुसार भुक्तानी दिन मिल्ने नमिल्ने हेरी कार्यालय प्रमुखलाई सल्लाहकारको रुपमा सहयोग गर्न आग्रह गरे । उनले भने, ‘कतिपय अवश्थामा कार्यालय प्रमुखले विभिन्न दवावमा रहेर आर्थिक कारोबार गर्नु पर्ने भएकाले त्यस्तो बेला आर्थिक नियमावलीले के भन्छ, कारोबार गर्न मिल्ने नमिल्ने लगायतका बिषयमा सल्लाह सुझाब दिनु पर्छ ।’ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले वित्तिय अनुशासनलाई कार्यान्वयन गर्दै सेवा प्रभाहलाई उत्कृष्ट बनाईने बताए । उनले भवन सुबिधा सम्पन्न मात्र भएर नपुग्ने बताँउदै त्यहाँबाट दिने सेवासुबिधामा उत्कृष्ट हुने पर्नेमा जोड दिए ।

महालेखा कार्यालयका उपनिर्देशक दिनेश रेग्मीले सबै जिल्लामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा प्रवाह गर्ने महालेखाको योजना रहेको बताए । उनले ८१ वटा कार्यालय रहेका मध्ये हालसम्म ६१ वटाको भवन रहेको र २० वटा अन्य तवरबाट सञ्चालनमा रहेको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले भवन सुबिधा सम्पन्न मात्र भएर नहुने भन्दै त्यहाँबाट दिने सेवासुबिधामा उत्कृष्टता हुनु पर्ने बताए । उनले आर्थिक क्षेत्रको मेरुदण्डको कार्यालय कोलेनिका नै भएकाले जनताले प्रत्यक्ष चासो नराखेपनि सबै आर्थिक पक्षसँग जोडिने बताए ।

आधिकारिक टे«ड युनियनका अध्यक्ष देवराज कोईरालाले कर्मचारी समायोजन प्रकृयाले केहि जटिलता उत्पन्न बनाएको बताए । उनले राष्ट्रसेवक कर्मचारी जहाँ गएर पनि जनताको सेवा गर्न तयार भएको स्मरण गराउदै तर उनीहरुको सुदुर भविष्यलाईसमेत ख्याल गरिदिन आग्रह गरे । २०७३ पुस २८ गते सम्झौता गरी निर्मार्ण कार्य सुरु गरिएको भवन निर्धारित समयभन्दा तीन महिना पछि काम सम्पन्न भएको प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेले जानकारी दिए । १ करोड ६२ लाख १६ हजार ८ सय ८५ रुपिँयाको लागत स्टिमेट रहेको भवन सम्पन्न पछि भ्याट बाहेक १ करोड १० लाख ८५ हजार २ सय ६ रुपिँया ६२ पैसा भुक्तानी गरिएको उनले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय उदयपुरको प्राविधिक सहयोगमा निर्मित भवनको जिम्मा अमरावती निर्माण सेवा मलेकपुर ६ सप्तरीले लिएको थियो । ३ सय ८३ दशमलव ०६ वर्ग मिटर रहको तीन तले भवनमा टिएसए काउण्टरदेखि लिएर गेष्ट हाउससम्म ९ वटा कोठा रहेकाछन् । भवन भित्र सभाहलदेखि लिएर लैंगिक मैत्री शौचालयसम्म रहेको न्यौपानले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

हात्तिको आक्रमणबाट मृतक परिवारलाई १० लाख राहत

कसमस सिमेन्टद्वारा अवैध चुन ढुंगा उत्खन्न, लेनदेनमा कुरा नमिलेपछि वन कार्यालयद्वारा उत्खन्नमा रोक

आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी कदापि स्वीकार्य हुँदैन : कामु महालेखा नियन्त्रक गौतम

शहरमा गाँउको कोसेली कोदो, फापर र जुनेलो

मदन भण्डारी राजमार्गमा गुणस्तरहिन काम : अलकत्रामा मट्टीतेल र मोविल मिसाएर कालेपत्रे

बाँसमै हेलेर कमाउँछ गाँस

उदयपुरमा ६ वर्षिय बालिका बलात्कार

कोशी सम्झौताको ६३ वर्ष : २२ प्रधानमन्त्री फेरिए तर, सुल्झिएन कोशी पीडितको समस्या

मृगौला पीडितलाई कतारमा श्रम गर्नेहरुको सहयोग

पर्यटक प्रवद्र्धनको लागि ‘राईड टु कोशीटप्पु २०७५’ को आयोजना हुने

तपाईको प्रतिक्रिया