आज सुनको भाउ बढ्यो, तोलामा कति पुग्याे हेर्नुहाेस ।

काठमाडौँ / आज सुनको भाउमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुन तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज तोलाको २ सय रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ६१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…