आज आकासियो सुनको भाउ

काठमाडौं / आज सुनको भाउ आकासिएको छ। हिजो ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एक हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको भाउ ५९ हजार २ रुपैयाँ रहेको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको भाउ प्रतितोला ७२५ रुपैयाँ रहेको छ । सोमबार चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ ।

तपाईको प्रतिक्रिया

Loading…