अाइमईका सेवाग्राही थानेश्वर न्यौपानेलाई १० लाख नगद

काठमाडौं । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही श्री थानेश्वर न्यौपानेले प्राप्त गर्नुभएको छ ।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउनुभएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित हुनुभएको हो ।

काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरी लगायत आइएमईका उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो । त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा युएईस्थित अल–अहलियाबाट  नेपालमा पैसा पठाउनु हुने गौतम भाग्यशाली विजेता छनोट  हुनुभएको हो ।

भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नुहुनेछ । यही भाद्र १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ बाट करिव २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसक्नु भएको छ । मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छन् ।

तपाईको प्रतिक्रिया

Loading...