अवैध हुण्डी कारोवार गर्ने पक्राउ

विराटनगर / प्रहरीले विराटनगर महानगरपालिका–४ कन्चनबारी चोकबाट अवैध हुण्डी कारोवारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार सोमबार पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका – ३ का २४ वर्षीय उमाकान्त राय छन् ।

रायले बोकेको झेला खानतलासी गर्दा विभिन्न दरका नेपाली नोट १० लाख रुपैयाँ, प्राईम बैंक र एनसीसी बैंकको चेक बुक लगायतका सामान फेला परेको प्रहरीको भनाइ छ ।

डीएसपी खिँउजुले बरामद भएको रकम हुण्डी कारोवारको भएको पुष्टि भएपछि पक्राउ गरेर रायलाई मंगलबार आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको बताए । उनकाअनुसार कन्चनबारी चोकमा हुण्डी कारोबार गर्ने व्यक्ति हिंडडुल गरिरहेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले रायलाई पक्राउ गरेको हो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…