अलैची भित्र्याउन किसानलाई चटारो

तेह्रथुम / पुर्बी पहाडी जिल्लाका किसानहरुलाई कालो सुनले परिचित अलैची भित्र्याउने चटारो सुरु भएको छ । नजिकीदै गरेको ठुला पर्वहरुका लागी खर्च जुटाउनका समयमै अलैची बिक्री गर्ने गरेका छन । मुल्यमा गिरावट आएपनी यसबर्ष राम्रो मुल्य पाउने आशमा अलैची भित्र्याउनमा किसानहरु ब्यास्त बन्दै आएका छन । तेह्रथुमको धेरै जसो क्षेत्रमा किसानहरुले अलैची खेती गर्दै आएका छन । अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको अलैची पाके सँगै किसानहरु यतीबेला अलैची टिप्न ब्यास्त बन्दै आएका छन ।

केहीबर्ष अघी १ लाख ५ हजार सम्म प्रतिमन पुगेको अलैचीको मुल्य खस्किदा किसानहरुमा निराश भने नछाएको हैन । थोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनी किसानहरुले अलैची खेती नै रोजेको हुन । बैदेसिक रोजगारका लागी बिभीन्न मुलुकहरुमा गरेको श्रम गाउँमै गरे राम्रो आम्दानी हुने सोचका साथ अलैची खेती सुरु गरेको छथर गाउँपालिका ६ का कमल मगरले बताए ।

कम लगानीका धेरै आम्दानी लिन सकिने यो खेतीबाट किसानहरुमा मुल्यमा गिरावत आएपनी खेतीलाई बिस्तार गर्ने क्रम रोकेका छैनन् । मुल्य राम्रो नभएकाले सोचे जस्तो आम्दामी लिन नसके पनी अन्नबाली भन्दा राम्रो आम्दानी भएको मगरले बताए ।

किसानहरुले पाखो बारी देखी लिएर करेसाबारी सम्म खेती लगाउँदै आएका छन । खाली जमिन तथा ओसिलो ठाउँमा खेतीलाई बिस्तार गर्दै आएको किसानहरुले बताउने गरेका छन । यहाँका अलैची किसानले ५ रोपनी देखी ५० रोपनी क्षेत्रफलमा खेती गर्दै आएको र अन्नबाली भन्दा राम्रो आम्दानी भएकाले अलैची खेती नै रोजेको छथर ६ सुदापका किसान जिवन मगर बताउँछन ।

७ सय २३ हेक्टर क्षेत्रफलमा अलैचीको खेती गर्दै आएका किसानहरुको समस्या समाधनका निम्ती सरकारले गुणस्तर स्तरको मुल्य निर्धारण गरी बजार ब्याबश्थापन गर्न सके मात्र किसानहरुलाई राहात मिल्ने किसान नारायण लिम्बुले बताए । यतीबेला बजारमा २८ हजार देखी ३२ हजार रुपैयाँ प्रतिमन खरिद बिक्री हुँदै आएको ब्यापारीले बताउने गरेका छन । जिल्लाको ईवा, ह्वाकु,संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती , ,सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिम लगायतका स्थानमा बगानको रूपमा अलैची खेती किसानहरुले गर्दै आएका छन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तपाईको प्रतिक्रिया

Loading…