अब्यवहारीक कर बढाएको भन्दै इटहरीमा विरोध

इटहरी । सरकारले मनपरी तरिकाले अब्यवहारीक रुपमा कर बढाएको भन्दै इटहरीका ब्यापारीरुले विरोध जनाएका छन । नेपाल सरकारले आर्थिक बर्ष २०७६।२०७७ मा लागु हुने गरी अब्यवहारीक नयाँ कर नीति कार्यन्वयनको विरोधमा वितरक संघ इटहरीले विरोध र्याली निकालेको हो ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सरकारले ल्याएको अब्यवहारीक करले ब्यापारीहरु मारमा पर्ने भन्दै तत्काल फिर्ता लिन आग्रह गरे । ब्यवसायीहरु नै पलायन हुने गरी आएको कर मान्य नहुने अध्यक्ष पौडेलको भनाई थियो ।

तपाईको प्रतिक्रिया

Loading…