अपडेट: संखुवासभा प्राइम बैंकमा आगलागी हुँदा ७ लाख क्षति

संखुवासभा / सभापोखरी गाउँपालिकामा रहेको प्राइम बैंकको शाखा कार्यालयमा आगलागी हुदाँ सात लाख रुपैयाँको क्षति भएको छ । मंगलबार बिहान ६ बजे अचानक विधुत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । आगलागीबाट कार्यालयको कम्प्युटर, प्रिन्टर र फर्निचर लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विकास तामाङको दुई तले घरको भुइतल्लामा रहेको प्राइम बैंकले केही महिना अघि शाखा कार्यालय स्थापना गरेको थियो । आगो स्थानीयबासी र प्रहरीले नियन्त्रण गरेका थिए । आगोलागीबाट मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…