अदुवाको मुल्य तेब्बर भएपछि पूर्वी पहाडी जिल्लाका कृषक उत्साहित

पाँचथर / गतवर्षको तुलनामा अदुवाको मुल्य यसवर्ष तीन गुणाले बृद्धि भएपछि पूर्विपहाडि जिल्लाका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष दुई हजार रुपैँया प्रतिमनमा विक्री भएको अदुवा यसवर्ष सात हजार पाँच सय रुपैया प्रतिमनमा विक्री हुन थालेपछि कृषकहरु उत्साहित भएका हुन् ।

अदुवाको भाउ वृद्धि भएसँगै किसान भने उत्साहित भएका छन् । अदुवाको माउ बेच्ने समय सुरु भए सँगै अदुवा व्यापारीहरु अहिले कृषकका घरघरमा पुग्ने गरेका छन् । फागुन र चैतमामा रोपिएको अदुवाको माउ निकाल्ने समय भएपछि अदुवाको खरिदका लागि व्यापारीहरु कृषकहरुको घर–घरमा पुगेका हुँन् । गत वर्ष भन्दा यस वर्ष अदुवाको भाउ वढेपछि आफूहरु उत्साहित भएको मिक्लाजुङ गाउँपालिका २ का कृषक खगेन्द्र वस्नेतले बताउनुभयो ।

पूर्वी पहाडि जिल्लामा उत्पादित अदुवाको मुख्य वजार भारत हो । यहाँ उत्पादन भएका अदुवा ९० प्रतिशत झापाको काकडिभिट्टा नाका हुदैं भारत निर्यात हुने गर्दछ । भने १० प्रतिशत बंगलादेशमा निर्यात हुदैं आएको छ । जिल्लाको कुम्मायक र हिलिहाङ गाउँपालिकामा अदुवा उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा ९ सय ४५ हेक्टर जमिनमा अदुवा खेति गरिने तथ्याङक छ । अघिल्लो वर्ष पाँचथर ७ हजार ५ सय ६० मेट्रिकटन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विस्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…