बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै

राँझा / यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो । उहाँका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महाद...