शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ / साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात् १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले ...

सुनको मूल्य निरन्तर ओरालो लाग्दै

काठमाडौँ / पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै तेज...

खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्न आग्रह

काठमाडौँ / बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार यहाँ आयोजित दशैँ, तिहार तथा छठ लक्षित आपूर्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वाणिज्य आपू...

कोसी इँटा व्यवसायी संघमा महेन्द्र

विराटनगर / कोसी अञ्चल इँटा उद्योग व्यवसायी संघ इटहरी सुनसरीको अध्यक्षमा पुन ः महेन्द्रप्रसाद साह निर्वाचित भएका छन् । विराटनगरमा भएको संघको ९ औं वार्षिक साधारण सभाले साहलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । यस अघि पनि साह अध्यक्ष थिए । समितिको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, महासचिवमा राजनकुमार तिम्सिना, सचिवमा श्याम लुइँटेल र कोषाध्...

बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै

राँझा / यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिनुभयो । उहाँका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महाद...

मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

बझाङ / सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ । बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र यार्सागुम्बा सङ्कलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहँुदा अन्योलमा ...

सडकको सहज पहुँच नहुँदा करोडैको स्याउ बारीमै थन्कियो

बाजुरा / सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ । जिल्लामा एक हजा...

एउटै वडाबाट १५ करोडको आलु निर्यात

कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । वाफुखोलाका ८० प्रतिशत जमीनमा वर्षे आलुखेती गरिँदै आएको छ । आलुखेतीबाट मनग्य आम...

सुनको मूल्य तोलाको चौध सयले घट्यो

काठमाडौँ / लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको ...

सुनको मूल्य ताेलामा एक हजारले घट्यो

काठमाडाै‌ / सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार चार सय र तेजावीको ७२ हजार एक सय रुपैयाँ तोकेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार चार सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो । शुक्रबार चाँदीको मूल्य पनि प्रति...