बिचौलिया र कार्टेलिङगर्ने लाई कारवाही नहुदा किशान पिडित

मोरङ / मोरङको लेटाङका तरकारी उत्पादक किसानहरू तरकारीको मुल्य नपाउँदा लगानी डुब्ने चिन्ताले सताएको छ । १० देखि १५ किलोमिटर दक्षिणका शहर तथा गाउँमा आफ्नो उत्पादन प्रति केजी खुद्रा १२० रुपैयाँ सम्ममा बिक्री हुने गरेपनि त्यसको एक चौथाई मुल्य (प्रति केजी ३०रुपैयाँ) उत्पादक किसानले नपाउँदा उनीहरू चिन्तित भएका हुन । लेटाङको वार्ड नं. ८÷९ को झण्डै दुई सय...

व्यापार बढेपनि असुरक्षित बन्दै सीमा क्षेत्रका स्थानीय

 इनरुवा । सुनसरीको बिशेष गरेर दक्षिणवर्ती नाका सुनसरी प्रहरीको लागि ठूलो टाउको दुखाईकाे बिषय बन्दै गएको छ । भारतसँगको खुल्ला सीमानाका कारण पछिल्लो समयमा लागूऔषध काराेबार नियन्त्रण प्रहरीको लागि टाउको दुखाईको विषय बनेकाे हो । पछिल्लो केहि महिनायता सुनसरीमा खुल्ला सीमानाको फाईदा उठाएर लागूऔषध र गाँजाको कारोवार बढदै गएकोले यस्ता कारोवार रोक्नका लागि स...

आन्तरिक उडानको भाडा बढ्यो (भाडा सूचीसहित )

काठमाडौँ, २४ मंसिर / वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रत...

यस्ताे छ आज सुनको मुल्य ?

काठमाण्डौ, मंसिर २४ / साताको पहिलो दिन आज (आईतबार) सुनको मुल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको छ । शुक्रबार पनि सुनको मुल्य ५४ हजार ५ सय रुपैयामै कारोबार भएको थियो । त्यस्तै चादीँको मुल्यमा भने ५ रुपैया बढेको छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भईरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, २२ मंसिर/ नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्...

प्याजको मूल्य अकाशियो

काठमाडौं। एकाएक भारतले निर्यातमा अंकुश लगाएपछि नेपालमा प्याजको मूल्य अकाशिएको छ । केही दिन अघिसम्म एक्कासि आकाशिएको तरकारीको मूल्य घटेपछि हौसिएका उपभोक्तामा फेरि निराशा पैदा भएको हो । एकसाता अघि प्याजको निर्यातमा भारत सरकारले कडाइ गर्न थालेपछि नेपालमा त्यसको प्रभाव परेको छ । भारतबाटै आयात हुँदै आएको प्याजको मूल्यमा एक्कासि मूल्यमा परिवर्तन भ...

बिचरा नेपाली व्यवसायी

वीरगञ्ज/ भारतबाट आउने क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई नियम मिचेर वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ । भारतको विभिन्न ठाउँबाट रक्सौल नाका हँुदै नेपाल भित्रिने मालवाहक सवारी साधनको भार क्षमतमा बढी भए पनि भन्सार कार्यालयले आँखा चिम्लेर जाँचपास गरी छुटाइदिने गरेको छ । क्षमताभन्दा बढी सामान बोकेका मालवाहक सावारीसाधनको ...

चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला भैरहवामा शुरु

लुम्बिनी/ पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखिको राजनीतिक भुमरीको अन्त्यका लागि वाम गठबन्धन निर्माण गरिएको बताउनुभएको छ । अध्यक्ष दाहालले चुनावपछि लामो समयदेखि विद्यमान राजनीतिक भुमरीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक अस्थिरताका कारण मुलुकमा चाहेअनुरुपको विकास र स्थायित्व आउन नसकेको ...

छानीछानी १०० देखि ४ हजारसम्मका शिखरका जुत्ता, भृकुटीमण्डमा उपभोक्ताको घुइँचो

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी शिखर क्रेजी सेल मेलाले अहिले आम उपभोक्ताको ध्यान खिच्न सफल भएकाे छ। १०० रुपैयाँदेखि ४ हजार सम्मका जुत्ता चप्पल छानीछानी पाउने भएपछि यो मेलामा आम उपभोक्ताको घुइँचो बढेकाे  हो।  एउटै ब्रान्डका ४ सयभन्दा बढी प्रकारका जुत्ता–चप्पलबाट ग्राहकले छानी–छानी आफूलाई मन परेका आइटम किन्न सक्ने भएपछि शिखर क्रेजी सेल मेलाको...

दशैकाे मुखमा घटदैछ सुनकाे भाउ : अाज कती छ मुल्य ?

काठमाडौं ।केही दिनदेखि बढ्दै गएको सुनको मूल्य आज भने तोलामा तीन सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५७ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ सस्तीएको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ज...