सिद्धिचरण लोकमार्गको कटारी–ठाँटी सडकखण्ड शुक्रबारदेखि सञ्चालन हुने

उदयपुर / एक महिनादेखि यातायात अवरुद्ध हुँदै आएको सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–९ हर्देनीको ठाँटी सडकखण्डको अवरुद्ध सडक शुक्रबारदेखि सञ्चालन हुने भएको छ । कटारीस्थित ठाँटीमा पटक–पटक पहिरो जाने भएको र सडक भत्किएर जीर्ण बनेपछि उक्त सडकखण्ड मर्मत कार्य शुरु भएको कुरा सडक डिभिजन कार्यालय सिरहा लाहानका इन्जिनियर चित्र रञ्जनले बताए । अ...

मूल्यवृद्धि र कालोबजारी रोक्न ध्यानाकर्षण

काठमाडौँ, / संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिनुभएको हो । उहाँहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण य...

बर्डफ्लूले सत्तरी लाखको क्षति

चितवन / बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार...

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ। रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो। ...

बजाज कप इण्डिया – फेस अफ दि कलेज सिजन २ को फाइनल शनिबार

छालामा देखिने विभिन्न दागलाई मेटाउने प्राकृतिक क्रिम बजाज नोमार्कस् का अलावा अन्य विभिन्न उत्कृष्ट उत्पादनहरुबाट विश्वका विभिन्न देशको कस्मेटिक बजारमा आप्नो अलग छाप बनाउन सफल बजाज कर्प इण्डियाले बजाज नोमार्कस्को ब्राण्डमा नो माक्र्स फेस अफ दि कलेज सिजन २ को फाइनल यहि फेब्रुअरी २४ तारिख शनिवारका दिन काठमाण्डौमा सम्पन्न हुन गई रहेको छ । विभिन्न कलेज...

धरानमा अर्गानिक तरकारी बजार

धरान । पछिल्लो समयमा कृषकहरुले रसायनिक मल प्रयोग गरी उत्पादन गरिएका सागसब्जी बजारमा छ्यास्छ्यास्ती विक्री वितरण गर्न थालेपछि धरानका कृषक, व्यापारी मिलेर साप्ताहिक आर्गननिक बजार सञ्चालन गर्न थालेका छन् । दुई बर्ष अगाडिदेखि नै धरान ५ बसन्तटारलाई आर्गनिक खेती उत्पादनको क्षेत्र बनाउने अभियानमा लागेका कृषक कृष्ण राईको सहयोग तथा कृषि उपज बजार सञ्चालक ...

बिचौलिया र कार्टेलिङगर्ने लाई कारवाही नहुदा किशान पिडित

मोरङ / मोरङको लेटाङका तरकारी उत्पादक किसानहरू तरकारीको मुल्य नपाउँदा लगानी डुब्ने चिन्ताले सताएको छ । १० देखि १५ किलोमिटर दक्षिणका शहर तथा गाउँमा आफ्नो उत्पादन प्रति केजी खुद्रा १२० रुपैयाँ सम्ममा बिक्री हुने गरेपनि त्यसको एक चौथाई मुल्य (प्रति केजी ३०रुपैयाँ) उत्पादक किसानले नपाउँदा उनीहरू चिन्तित भएका हुन । लेटाङको वार्ड नं. ८÷९ को झण्डै दुई सय...

व्यापार बढेपनि असुरक्षित बन्दै सीमा क्षेत्रका स्थानीय

 इनरुवा । सुनसरीको बिशेष गरेर दक्षिणवर्ती नाका सुनसरी प्रहरीको लागि ठूलो टाउको दुखाईकाे बिषय बन्दै गएको छ । भारतसँगको खुल्ला सीमानाका कारण पछिल्लो समयमा लागूऔषध काराेबार नियन्त्रण प्रहरीको लागि टाउको दुखाईको विषय बनेकाे हो । पछिल्लो केहि महिनायता सुनसरीमा खुल्ला सीमानाको फाईदा उठाएर लागूऔषध र गाँजाको कारोवार बढदै गएकोले यस्ता कारोवार रोक्नका लागि स...

आन्तरिक उडानको भाडा बढ्यो (भाडा सूचीसहित )

काठमाडौँ, २४ मंसिर / वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रत...

यस्ताे छ आज सुनको मुल्य ?

काठमाण्डौ, मंसिर २४ / साताको पहिलो दिन आज (आईतबार) सुनको मुल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आज सुन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको छ । शुक्रबार पनि सुनको मुल्य ५४ हजार ५ सय रुपैयामै कारोबार भएको थियो । त्यस्तै चादीँको मुल्यमा भने ५ रुपैया बढेको छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भईरहेको छ ।