बजेट खर्च हुन नसक्दा विकास प्रभावित : दुई अर्ब बजेट फिर्ता

पाल्पा / कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको नाम समावेश छ । रु ३८ करोड ८७ पूँजीगत कूल बजेट रहेको ३३ करोड ४६ लाख गत असार...

बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति

काठमाडौँ / गत सातादेखि परेको निरन्तर वर्षाका कारण निर्माणाधीन बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति पुगेको छ । यस रेलमार्गको ७० मिटर क्षेत्रमा असर पुगेको छ । वर्षातका कारण हालै सम्पन्न भएको रेलमार्गमा क्षति पुगेको रेल विभागले जनाएको छ । कमला नदीमा तटबन्ध फुट्दा आएको बाढीले त्यस स्थानमा असर पुगेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित...

पहाडमा प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गरिने : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्न आगामी आर्थिक वर्षदेखि विशेष प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गर्नेे कार्यक्रम राखिएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सुरुङमार्गका लागि एकमुष्ट रु ६५ करोड छुट्याइएको ...

मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न

वीरगञ्ज / नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले...

खाेटाङकाे लामिडाँडा विमानस्थल भयाे कालोपत्र

खाेटाङ । जिल्लाको पुरानो लामिडाँडा विमानस्थल कालोपत्र सम्पन्न भएको छ । उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ मा पर्ने लामिडाँडा विमानस्थलमा कालोपत्र गरिएसँगै समिट एयरले उडान भरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजारको लागतमा विमानस्थल कालोपत्र गरिएको हो । विमानस्थल कालोपत्रको सांसद विशाल भट्टराईले उद्घाटन गर्नुभयो । उहाँल...

एघार दिनदेखि तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प

पर्वत / मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गतेदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेका हुन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगाय...

चैनपुर–ताक्लाकोट सडक निर्माणमा ढिलाइ

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्र जोड्ने चैनपुर–ताक्लाकोट सडक निर्माण कार्यमा ढिलाइ हुँदै आएको छ । सेती लोकमार्गअन्र्तगत उत्तरखण्डमा पर्ने चैनपुर–ताक्लाकोट सडक निमार्णका लागि दुई कम्पनीले काम गरिरहेका भए पनि निमार्ण कार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौता भएर तुरुन्तै काम शुरु गरेको भए पनि हालसम्म ३३ किलोमिटर मात्र काम सम्पन्न गरेको छ । सम्झौत...

बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताउनभुयो । मन...

द्रुतमार्गको डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण सम्बन्धमा भइरहेको कार्यप्रगति र समस्याबारे जानकारी लिएपछि समितिको आजको बैठकले आयोजना समयमै सम्पन्न गर्न तत्काल डिपिआर स्वीकृत गरी सहजरुपमा महत्व...

विराटनगरकाे ५ ठाँउमा आकाशे पुल बन्दै

माेरङ / विराटनगर महानगरपालिकाले आगामी असार मसान्त भित्रमा कम्तीमा ४ वटा आकाशे पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले नगरक्षेत्रमा ४ वटा आकाशे पुलको आवश्यकता रहेको र असार मसान्त भित्रमा निर्माणको काम सुरु गर्ने बताए । साथै एउटा स्वागतद्वार बनाउने योजना रहेको जानकारी उनले दिए । उनका अनुसार दक...