विवादले रोकियो भैरहवा विमानस्थल निर्माण

विवादले रोकियो भैरहवा विमानस्थल निर्माण
भैरहवा । आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलार्ई कामबापतको ६० करोड पाँचलाख ५४ हजार ६१५ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने पैसा नत...

निगमले दुई वाइडबडी विमान खरिद गर्ने

निगमले दुई वाइडबडी विमान खरिद गर्ने
काठमाडौँ, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ए ३३०–२०० विमान खरिद गर्ने भएको छ ।  उक्त विमान खरिदका लागि निगम र अमेरिकन कम्पनी एएआरबीच आज खरिद सम्झौता भएको छ । निगमकातर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार दुवै विमान सन् २०१८ को ‘अप्रिल’ र ‘मे’ भित्र आइसक्ने म...

कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै

कालीगण्डकीले घेरेको खैरेनी वनले पर्यटक लोभ्याउँदै
पाल्पा, १० चैत । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरैले प्रकृतिसँगै रमाउँदै आनन्दको अनुभूति ल...

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो
लमजुङ, ७ चैत । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन् । हप्ता दिनसम्म मनाङमा परेको हिमपातले अन्नपूर्ण पदमार्गमा अवरोध भएपछि बाह्य पर्यटक सिउरुङ आइपुगेको पर्यटन विकास समितीका सचिव उमरबहादुर गुरुङले बताउनुभयो । ...

मुस्ताङमा पर्यटकीय चहलपहल सुरु

मुस्ताङमा पर्यटकीय चहलपहल सुरु
बागलुङ, ४ चैत । मुस्ताङमा पर्यटकीय चहलपहल सुरु भएको छ । पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दो छ । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ । पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्...

विश्व बैंक टोलीद्वारा चन्द्रागिरिकाे भ्रमण

विश्व बैंक टोलीद्वारा चन्द्रागिरिकाे भ्रमण
काठमाडौं, २ चैत / विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणको क्रममा निर्देशक हदियान्तोले नेपालको नीजि क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुनायोग्य परियोजना भएको बताएका थिए ।  यस्ता प्रकारका परियोजना निर्माण गरेर नेपालको पर्यटन उधोगलाई प्रवद्र्धन गर्दै राष्ट्र...

पर्यटन क्षेत्रले बहुआयामिक प्रभाव पार्छः मन्त्री गिरी

पर्यटन क्षेत्रले बहुआयामिक प्रभाव पार्छः मन्त्री गिरी
काठमाडौँ, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रको विकासका लागि मुलुकमा शान्ति र स्थिरता आवश्यक छ भन्नुभयो । मन्त्री गिरीले नेपालको जै...

होमस्टेमा बढ्दै छ पर्यटकको आकर्षण

होमस्टेमा बढ्दै छ पर्यटकको आकर्षण
लमजुङ (बेसीसहर), २५ फागुन । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्च...

ओझेलमा बैतडी स्वराड क्षेत्रको पर्यटन

ओझेलमा बैतडी स्वराड क्षेत्रको पर्यटन
बैतडी, २४ फागुन । जिल्लाको तल्लो स्वराडमा रहेका थुप्रै धार्मिक तथा ऐतिहासिक स्थल प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम क्षेत्र त्यसमा पनि पहाडी जिल्ला बैतडी र बैतडीको तल्लो स्वराड राज्यबाटै अपहेलित क्षेत्र हो । राज्यले यस क्षेत्रलाई जति अपहेलना गरेता पनि प्रकृतिको भने बरदानको रुपमा चिनिने यो क्षेत्रमा देवीदेवताको बास भएको र य...

प्रथम नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव

प्रथम नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव
कञ्चनपुर, २३ फागुन । प्रथम नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव भारतको उत्तराखण्डको प्रादेशिक राजधानी देहरादुनको परेड मैदानमा आइतबारदेखि सुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य वस्तु, पर्यटकीय क्षेत्रको जानकारी, टुर एन्ड ट्राभल्सको प्याकेज कार्यक्रम तथा ...