उत्कृष्ट गन्तव्यमा पुनहिल

उत्कृष्ट गन्तव्यमा पुनहिल
म्याग्दी, ६ माघ । घार गाविस–१ घोरेपानीमा रहेको पुनहिल छुटाउन नहुने उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा छनोट भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित बनेका छन् । लोन्ली प्लानेटले हरेक अङ्ग्रेजी वर्षको सुरुवातसँगै सार्वजनिक गर्ने उत्कष्ट गन्तव्यको सूचीमा नेपालका १० गन्तव्यमा पुनहिल क्षेत्रलाई समेत समावेश गरेको छ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको प...

प्रदेश नम्बर २ मा पनि पर्यटकका लागि होमस्टे

प्रदेश नम्बर २ मा पनि पर्यटकका लागि होमस्टे
वीरगन्ज, ६ माघ । देशमा पुनः प्रादेशिक सीमाङ्कनको बहस चलिरहेको बेला प्रदेश नम्बर २ अन्तर्गत पर्साको ग्रामीण बस्ती सुवर्णपुर गाविसका स्थानीयवासीले भने आफ्नो ठाउँलाई आर्थिक समृद्धितर्फ डो¥याउन होमस्टे निर्माण गरी आन्तरिक पर्यटकलाई आफूतिर तान्न थालेका छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण पर्सा वन्यजन्तु आरक्ष घुम्न आउने आन्तरिक पर्यटकका लागि आरक्षभित्र रह...

तारेभिरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने

तारेभिरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने
काठमाडौँ, १ माघ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर महोत्सव आज सम्पन्न भएको छ । तारेभिर महोत्सवको आज उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प...

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे
मुस्ताङ, २८ पुस । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा ३९ हजारभन्दा बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले दिएको जानकारीअनुसार, सन् २०१६ मा ३९ हजार १७ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदर...

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक

घान्द्रुक–घोडेपानी पदमार्गमा ४७ हजार पर्यटक
म्याग्दी, २७ पुस । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् । सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयका प्रशा...

पुस २८ देखि खिचरा महोत्सव हुने

पुस २८ देखि खिचरा महोत्सव हुने
चितवन, २५ पुुस । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिच...

गणेश हिमालका कारण पर्यटक आकर्षित

गणेश हिमालका कारण पर्यटक आकर्षित
काठमाडौँ, २२ पुस । गणेश हिमालले धादिङको पर्यटन विकासमा ठूलो सहयोग पुगेको व्यवसायीले बताएका छन् । गणेश हिमाल पर्यटन विकास समितिको ‘पाँचाँै वार्षिक साधारण सभा तथा गणेश हिमाल स्मारिका विमोचन’ समारोहका सहभागिले धादिङको पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु गणेश हिमाल र रुवी भ्याली रहेको बताएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्...

चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा

चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा
काठमाडौं । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् । क...

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि
सोलुखुम्बु, १८ पुस । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिनुभयो । यो सङ्ख्या गत वर्षको तुलनामा...

अङ्ग्रेजी नयाँ वर्षका कारण पोखरा पर्यटकले भरिभराउ

अङ्ग्रेजी नयाँ वर्षका कारण पोखरा पर्यटकले भरिभराउ
पोखरा, १५ पुस । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेका...