कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

पाल्पा, ५ चैत । जिल्ला कृषि विकास कार्यालय पाल्पाले चालु आर्थिक वर्षमा कृषकलाई ७३ वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गरेको छ । कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले उक्त परिमाणको कृषि उपकरण किसानलाई अनुदानमा वितरण गरिएको हो । यसरी वितरण गरिएको कृषि उपकरणमा ६८ वटा मिनी टिलर...

आधुनिक खोर बनाएर बाख्रापालनमा जुटे महिला

धादिङ, ५ चैत । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्...

पशुपालक किसानलाई अनुदान

झापा, ४ चैत । युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ । गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, घाँसखेतीलगायत कामका लागि सो अनुदान दिन लागिएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले.जानकारी दिनुभयो । किसानलाई रू एक हजारदेखि रू तीन लाख ५० हजारसम्म अनुदान प्रद...

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

म्याग्दी, ३ चैत । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्नुभएको छ । चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख ...

बिमाले किसान पशुपालनतर्फ आकर्षित

पाल्पा, ३० फागुन । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बिमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् । समितिले किसानले पालेको पशु क्षति भइहालेमा लगानी नडुबोस् भन्ने उद्देश्यले २०६३ सालदेखि पश...

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित

नवलपरासी, ३० फागुन । नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् । नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने र भण्डारण हुन थालेपछि किसान हर्षित भएका ...

सुन्तला भण्डारण

बाबियाचौर (म्याग्दी), २९ फागुन । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन (सेलार स्टोर)मा सुन्तला भण्डारण गरेका हुन् । भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताउनु...

द्वन्द्वपीडितलाई तरकारी खेतीको अनुदान

रुकुम, २७ फागुन । द्वन्द्वपीडितलाई व्यावसायिक कृषि पेसामा संलग्न गराउन जिल्ला कृषि विकास कार्यालयले २२ जनालाई अनुदान प्रदान गर्ने भएको छ । द्वन्द्वपीडितलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रु आठ लाख ८० हजार अनुदान प्रदान गर्ने तयारी रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागार्इंले जानकारी दिनुभयो । द्वन्द्वको सम...

आलुको बीउको अध्ययन

कञ्चनपुर, ९ फागुन । आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ । आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउकोे अवलोकन गरी बीउको अवस्थाबारे जानकारी लिनु भएको थियो । ...

पशु सेवा कार्यालयले सेवाग्राहीलाई प्रत्यक्ष राहात पुग्ने किसिमका कार्यक्रम संचालन गर्न आग्रह

पाँचथर,फागुन ३ / जिल्ला पशु सेवा कार्यालय पाँचथरको आज आर्थिक वर्ष ०७४÷०७५ को जिल्ला स्तरीय बार्षिक योजना तर्जुमा गोष्ठी सदरमुकाम फिदिममा सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले पशु सेवा कार्यालयले सेवाग्राहीलाई प्रत्यक्ष राहात पुग्ने किसिमका कार्यक्रम संचालन गर्न आग्रह गरे ।कार्यक्रममा वोल्दै नेकपा मालेका केन्द्रिय पार्षद लय वास्कोटा...