कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण
पाल्पा, ५ चैत । जिल्ला कृषि विकास कार्यालय पाल्पाले चालु आर्थिक वर्षमा कृषकलाई ७३ वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गरेको छ । कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले उक्त परिमाणको कृषि उपकरण किसानलाई अनुदानमा वितरण गरिएको हो । यसरी वितरण गरिएको कृषि उपकरणमा ६८ वटा मिनी टिलर...

आधुनिक खोर बनाएर बाख्रापालनमा जुटे महिला

आधुनिक खोर बनाएर बाख्रापालनमा जुटे महिला
धादिङ, ५ चैत । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्...

पशुपालक किसानलाई अनुदान

पशुपालक किसानलाई अनुदान
झापा, ४ चैत । युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ । गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, घाँसखेतीलगायत कामका लागि सो अनुदान दिन लागिएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले.जानकारी दिनुभयो । किसानलाई रू एक हजारदेखि रू तीन लाख ५० हजारसम्म अनुदान प्रद...

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी
म्याग्दी, ३ चैत । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्नुभएको छ । चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख ...

बिमाले किसान पशुपालनतर्फ आकर्षित

बिमाले किसान पशुपालनतर्फ आकर्षित
पाल्पा, ३० फागुन । गाउँ गाउँमा बिमा कार्यक्रम सञ्चालन हुन थालेपछि पशुपालनमा किसानको आकर्षण बढेको छ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामार्फत सञ्चालित पशुधन सुरक्षण समितिले किसानको घर घरमा पुगेर पशुको बिमा गर्न थालेपछि उनीहरु पशुपालनमा आकर्षित भएका हुन् । समितिले किसानले पालेको पशु क्षति भइहालेमा लगानी नडुबोस् भन्ने उद्देश्यले २०६३ सालदेखि पश...

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित

बीउ प्रशोधन तथा भण्डारण केन्द्रबाट किसान लाभान्वित
नवलपरासी, ३० फागुन । नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् । नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने र भण्डारण हुन थालेपछि किसान हर्षित भएका ...

सुन्तला भण्डारण

सुन्तला भण्डारण
बाबियाचौर (म्याग्दी), २९ फागुन । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन (सेलार स्टोर)मा सुन्तला भण्डारण गरेका हुन् । भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताउनु...

द्वन्द्वपीडितलाई तरकारी खेतीको अनुदान

द्वन्द्वपीडितलाई तरकारी खेतीको अनुदान
रुकुम, २७ फागुन । द्वन्द्वपीडितलाई व्यावसायिक कृषि पेसामा संलग्न गराउन जिल्ला कृषि विकास कार्यालयले २२ जनालाई अनुदान प्रदान गर्ने भएको छ । द्वन्द्वपीडितलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रु आठ लाख ८० हजार अनुदान प्रदान गर्ने तयारी रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागार्इंले जानकारी दिनुभयो । द्वन्द्वको सम...

पचास लाखको सिमी निकासी

पचास लाखको सिमी निकासी
म्याग्दी, २६ फागुन । म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर रु ५० लाख गाउँमा भित्र्याएका छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट रु ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताउनुभयो । सिमीबाट दाल र अचारको परिकार बनाउने गरिन्छ ...

भेडापालक कृषकलाई तीस लाख अनुदान

भेडापालक कृषकलाई तीस लाख अनुदान
म्याग्दी, २४ फागुन । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो । भेडा गोठ, टहरा, खानेपानी, डिपिङ टङ्की निर्माण गर्न स्रोत केन्द्रमार्फत रु ३० लाख ९० हजार अनुदान उपलब्ध गराइएको पशु वि...