बृृहत् कृषि मेला हुने

बृृहत् कृषि मेला हुने
बाजुरा, १० चैत । सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृृहत् कृषि मेला लाग्ने भएको छ । स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताउनुभयो । सबै गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य बस्...

अनुदानमा मकैको बीउ वितरण

अनुदानमा मकैको बीउ वितरण
पोखरा, ९ चैत । जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई यस वर्ष उन्नत जातका मकैको बीउ वितरण गरेको छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्लाका थुम्की, माझठाना, मि...

बाख्रापालनबाट ‘नमुना उद्यमी’

बाख्रापालनबाट ‘नमुना उद्यमी’
बागलुङ, ९ चैत । अठार वर्ष प्रवासमा बिताएर घर फर्कनुभएका काठेखोला गाउँपालिका–४ का रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ । ५३ वर्षीया थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक पाँच÷छ वटा बाख्रा बिक्री गर्ने गरेको ...

नुवाकोटमा एक अर्बको आलु उत्पादन

नुवाकोटमा एक अर्बको आलु उत्पादन
त्रिशूली, ९ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएको थियो । “अघिल्लो वर्षको तुलनामा आलु लगाउ...

मोरङमा माछा जोन कार्यक्रम सुरु

मोरङमा माछा जोन कार्यक्रम सुरु
पथरी (मोरङ), ९ चैत । मोरङमा माछा जोन कार्यक्रम सुरु भएको छ । कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवका अनुसार प्रधानमन्त्री माछा जोन परियोजना, इकाई कार्यालय, विराटनगरले पोखरी खन्न अनुदान दिन बताएपछि कृषकले पोखरी खन्न सुरु गरेका हुन् । दर्बे...

बङ्गुरपालनबाट वार्षिक दश लाख आम्दानी

बङ्गुरपालनबाट वार्षिक दश लाख आम्दानी
म्याग्दी, ७ चैत । मालिका गाउँपालिका–५ दरवाङका खिमबहादुर खत्रीले बङ्गुरपालनबाट वार्षिक रु दश लाख आम्दानी गर्दैआउनुभएको छ ।कतारमा तीन वर्ष काम गरेर फर्किनुभएका खत्रीले रु ५० हजार लागतमा फार्म सञ्चालन गर्नुभएको हो । तीनवटा पाठापाठीबाट सुरु गरेको सो बङ्गुर फार्मको पुँजी अहिले रु ३० लाख पुगेको छ । हाल उहाँको फार्ममा ५० वटा बङ्गुर रहेका छन् । उहाँले व...

अदुवा बिक्री नभएपछि कृषक निराश

अदुवा बिक्री नभएपछि कृषक निराश
फलेवास (पर्वत), ७ चैत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन । खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छ...

काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान

काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान
बनेपा, ६ चैत । काभ्रेपलाञ्चोकमा कृषक तथा सहकारी संस्थाले पशु उत्पादनलगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताउनुभयो । उहाँले जिल्लामा कुल रु एक करोड ४५ लाख कृषक र सहकारीलाई...

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै युवा

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै युवा
पाल्पा, ५ चैत । वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका युवाले यसतर्फ आकर्षित भएका हुन । ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुने नेपाली युवाका लागि स्वदे...

कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण

कृषकलाई अनुदानमा यान्त्रिक उपकरण वितरण
पाल्पा, ५ चैत । जिल्ला कृषि विकास कार्यालय पाल्पाले चालु आर्थिक वर्षमा कृषकलाई ७३ वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गरेको छ । कम लागतमा बढी उत्पादन दिने स्रोत संरक्षण कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले उक्त परिमाणको कृषि उपकरण किसानलाई अनुदानमा वितरण गरिएको हो । यसरी वितरण गरिएको कृषि उपकरणमा ६८ वटा मिनी टिलर...