उपभोक्ता हित विपरीत व्यवसाय गर्नेलाई कारबाही गरिने

काठमाडौँ, २५ असार । आपूर्तिमन्त्री गणेशमान पुनले उपभोक्ताको हित विपरीत सामग्री बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यस्ता व्यक्ति वा सङ्घसंस्थालाई कारबाही गरिने बताउनुभएको छ ।  रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्रालय सहितको टोलीले पछिल्लो समय औषधि, माछा मासु, दूध, मिठाइ र तरकारीमा गरेको अनुगमनमा ती वस्तु उपभोक्ताको स्वा...

भकारो सुधारमा अनुदान

मोरङ , २५ असार । जिल्ला कृषि विकास कार्यालय मोरङले यस वर्षदेखि भकारो सुधार कार्यक्रमलाई विस्तार गरेको छ । गत वर्ष दुई वटा गाविस र नगरपालिकामा सुरु गरेको सो कार्यक्रमलाई यस वर्ष पशुपालक किसानलाई लक्षित गरेर जिल्लाभरि विस्तार गरेको हो ।  जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार मोरङको राजघाट, दर्वेशा, लखन्तरी, वनीगा...

छिट्टै चिनियाँ इन्धन नेपाल आउने

भक्तपुर, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताउनुभएको छ ।  रफत सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको जिकिर गर्नुभयो । सो सम्झौताले अन्तिम रुप लिइसक...

ग्यासको भण्डारण क्षमता बढाउन निर्देशन

काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कम्तीमा तीन महिनाका लागि पुग्ने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको चार घन्टा लामो बैठकमा आपूर्तिमन्त्री गणेशमान पुनसहितसँगको छलफलपछि सो निर्देशन दिइएको हो । सो विषयमा समितिले सोमबार पनि छलफ...

समान र फाइदा हुनेगरी सन्धि गर्न विज्ञहरुकाे आग्रह

काठमाडौँ, १९ असार । भारत वा तेस्रो मुलुकसँग गरिने सन्धिले दुबै मुलुकमा समान फाइदा पुग्नेगरी सन्धि गर्न विज्ञहरुले आग्रह गरेका छन् । सन्धि सम्झौताको पुनरावलोकन सम्बन्धी नेपाल–भारत उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा राष्ट्रिय सरोकारमञ्च नेपालले आज यहाँ गरेको कार्यक्रममा सीमाविद् वुद्धिनारायण श्रेष्ठले सुगौली सन्धिले भारतलाई मात्र फाइदा पुग्नेगरी काम गर...

आठ करोडको अलैँची गाउँमै थन्कियो

सोलुखुम्बु । अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन (४० किलो) रु ८८ हजारमा किनेका व्यापारी अहिले उचित मूल्य नपाउँदा गाउँमै थन्क्याएर बसेका छन् । उच...

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बन्दै

काठमाडौँ, १६ असार । काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो । बोर्डले कसरी काम अघि बढाउने भन्ने विषयम...

उद्योग सङ्गठन मोरङको नेतृत्व सर्वसम्मत चयन

मोरङ, १४ असार । उद्योग सङ्गठन मोरङको अध्यक्षमा मुकेश उपाध्याय निर्वाचित हुनुभएको छ । सङ्गठनको नयाँ कार्यसमिति चयन गर्न आज सम्पन्न निर्वाचनमा अध्यक्षसहितका पदमा परेको उम्मेदवारीमा दाबी विरोध नपरेपछि सर्वसम्मत चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा भीम घिमिरे, उपाध्यक्षमा क्रमशः सुयष प्याकुरेल (कोष), प्रदीप मुरारका (ऊर्जा, कृषि र जलस्रोत) र राजकुमार गोल...

भेषभुषा सिलाइ बुनाई तालिम सम्पन्न

धरान, ११ असार : आफ्नो जातिको भेषभुषाको प्रवद्र्धन गर्ने उद्देश्यले आदिवासी जनजातिहरुले सीपमुलक तालिम सिकेका छन् । धरान १४ आदिवासी जनजाति महासंघ सुनसरीको कार्यालयमा धरानमा रहेका आदिवासीमध्ये ११ जातिलाई आ–आफ्नो भेषभुषा सिलाइ बुनाई तालिम सिकाइएको हो । जिल्ला विकास सुनसरीको सहयोग तथा नेवा देय दवुको आयोजनामा जेष्ठ २१ गतेदेखि आयोजना गरिएको एक महिने तालिम...

ताप्लेजुङमा एक दिने नमुना औद्योगिक प्रदर्शनी

ताप्लेजुङ, ११ असार । ताप्लेजुङमा दोश्रो पटक घरेलु उद्यमीहरुको बजारीकरण विस्तारमा सहयोग पु¥याउने उद्धेश्यले आज एक दिने नमुना औद्योगिक प्रदर्शनीको आयोजना गरीएको छ ।  सदरमुकाम स्थित तोक्मेडाँडामा घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङले आज एक दिने औद्योगिक प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनिको विहान प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाडेले उद्धघ...