‘इ’ रिक्सा दर्ता खुला

मोरङ १५ जेठ । तेह्र महिनादेखि रोकिएको ‘इ’ रिक्सा दर्ता प्रक्रिया आइतबारदेखि खुला गरिने भएको छ ।  आन्दोलनमा रहेका इ रिक्सा चालक र उपमहानगरपालिकाबीच आज सहमति भएपछि दर्ता सुरु हुने भएको हो । विराटनगर उपमहानगरपालिकामा आज भएको छलफलमा जेठ १३ गतेसम्म खरिद गरेको इ रिक्सालाई विराटनगर स्थायी बसोवास भएका व्यक्तिले आफ्नो कागजपत्रसहित आएमा दर्ता पाउनेछन् । विर...

तीन वर्षभित्र खानी उत्खनन सुरु हुन्छ : मन्त्री पाण्डेय

काठमाडौँ, ११ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको भन्दै आगामी तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन ग...

भारतीय कामदारको भरमा मोरङका इँटा उद्योग

मोरङ / मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो ।  सो इँटा उद्योगमा काम गर्ने राजकुमारी थारुले एक इँटा बनाएबापत ५० पैसा पारिश्रमिक पाउँछिन् । उनले दैनिक दुई हजार ५०० देखि तीन ह...

बैकल्पिक द्रुत राजमार्गको पुल निर्माणमा नदीजन्य सामाग्री उत्खन्नमा प्रहरीको रोक

उदयपुर / धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा बैकल्पिक दु्रत सडक आयोजनामा पर्ने उदयपुरको कटारीस्थित ककुरुखोलामा निर्माण हुन लागेको पक्की पुलको लागि आवश्यक पर्ने कच्चा पदार्थ आपूर्ति नहुन नसक्दा पुल निर्माण अबरुद्ध भएको छ । आयोजना अन्र्तगत पर्ने पक्की पुलका लागि आवश्यक पर्ने ककुरुखोलामा स्क्यान प्लान्ट राख्न नदिएपछि पुल निर्माणको काम रोकिएको हो ।...

चिलिमे बल्लअगाडि बढ्यो : तामाकोसी जस्ताकाे तस्तै

रमेश लम्साल / काठमाडौँ - गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्ररुपमा अगाडि बढेको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसीको काम पनि ...

स्थानीय स्रोत साधन परिचालन नै आर्थिक विकासको मेरुदण्ड हो : ढकाल

उदयपुर / नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष्त तथा वरिष्ठ सदस्य चण्डिराज ढकालले नेपालको आर्थिक विकासको मेरुदण्ड भनेको स्थानीय स्रोत साधन परिचालन भएको बताए । उनले शनिबार तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सवलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । नेपालमा छरिएर रहेको स्थानीय स्रोतको पहिचान गरी परिचालन नगरेसम्म देशको विकास सम्भव नहुने समेत बताए ...

लक्ष्मीमार्गमा वेलकम सपिङ सेन्टर

बेलबारी । मोरङको डाँगीहाट ५ लक्ष्मीमार्ग चौकमा वेलकम सपिङ सेन्टर सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रम गरी सो सेन्टरको औपचारिक उदघाटन भएको हो । सेन्टरको डाँगीहाट ब्यापार प्रबन्ध समितिका अध्यक्ष बिवेक मिश्रले रिबन काटेर उदघाटन गरेका हुन । केही बर्षदेखि सञ्चालनमा रहेको सो सेन्टर बृहत रुपमा सञ्चालनमा आएको सञ्चालक काजी राईले बताए । सो सेन्टर डाँगीहाटक...

वन कार्यालयको लापर्बाहीले लाखौँको काठ कुहियो

काठमाडौँ / जिल्ला वन कार्यालय काठमाडौँको लापर्बाहीले रु १५ लाखभन्दा बढी मूल्य पर्ने चार हजार ३०० क्युफिट काठ कुहिएर अलपत्र छ । मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णय बमोजिम गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा राणाशासनदेखि हालसम्म स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदका नाममा राष्ट्रिय सहिद स्मारक निर्माण हुन सुरु भएको थियो । निर्माण कार...

आजबाट तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव शुरु

उदयपुर / ‘आर्थिक विकासको मूल आधार, सहअस्तित्व उद्योग र व्यापार’ भन्ने मूलनाराका साथ तेस्रो पूर्वाञ्चल क्षेत्रिय महोत्सव २०७३, त्रियुगा आज शनिबारबाट शुरु हुँदैछ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौको संयुक्त आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन आज शनिबार १२ बजे गर्ने कार्यक्रम रहेको छ । महोत्सवको उद्घाटन नेप...

नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी

काठमाडौँ । नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । राजा वीरेन्द्रको वंश...