जोमसोममा हावाबाट विद्युत् उत्पादन

मुस्ताङ, ४ असार । जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ । बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिनुभ...

राम्रो बजार पाए सँगै अम्लिसो खेतीमा किसानहरु आर्कषित

तेह्रथुम /असार ग्रामिण क्षेत्रमा रहेका किसानहरु अहिले राम्रो बजार पाए सँगै अम्लिसो खेतीमा आर्कषित बनेका छन । यतिबेला किसानहरु अम्लिसो खेतीका लागी खाली जमिनहरुमा अम्लिसो खेतीका लागी बिरुवा रोप्नमा ब्यास्त बनि रहेका छन । पहिलो पहिले आफुले प्रयोग गर्नका लागी केही बोट रोपेका किसानहरु अहिले ब्याबशायिक रुपमा अम्लिसाृ खेती तर्फ आर्कषित बन्दै गएका छन । केह...

दूध बेचेर पाँच लाख आम्दानी

पाल्पा । व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि रामपुर नगरपालिकाका किसानले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । किसानले दूध बेचेर वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न थालेका छन् । रामपुर क्षेत्रमा उत्पादित दूध स्थानीय बजारमा नै खपत हुने गरेको छ । रामपुरमा मासिक २३ हजार लिटर दूध खपत हुने गरेको सीताकुण्ड दुग्ध उत्पादन सहकारी संस्थाले जनाएको छ । ...

कुखुराबाट ३३ अर्ब ७२ करोड आम्दानी

चितवन, २ असार । नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र रु १० अर्ब १७ करोड ७७ लाख ३३ हजार आम्दानी भएको छ । जिल्लामा मासुका लागि कुखुरा बिक...

बैंकिङ एकाधिकार प्रणालीको अन्त्य गर्न माग

काठमाडौँ । नेपालका अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुधबार आयोजना गरेको ‘प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र हाम्रो सरोकार’ विषयको अन्तक्र्रियामा उहाँहरुले बंैकको विकास भएमा मात्र देशको विकास ह...

चिनियाँ लगानीकर्ता टोली दमकमा

दमक, ३१ जेठ । चिनियाँ उद्योगी, व्यवसायीको एक टोलीले दमकमा बनिने दुईवटा योजनाको स्थलगत अवलोकन गरेको छ ।  आज साँझ चिनियाँ ग्लोबल एनजीओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा दमक आउनुभएका नौ सदस्यीय टोलीले यहाँका दुई योजनास्थलको अवलोकन भ्रमण गरेको हो । दमक आइपुगेको टोलीमा नेपाली उद्योगी भाष्करराज राजकर्णीकार र क्लिन पार्क औद्योगिक करिडोर दमकका अध्य...

बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको छ : सिंह

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाउनुभएको छ । काँग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताउनुभयो ।  नेता सिंहले सरकार कामभन्दा भाषणमा रमाएको...

जनकपुरमा क्षेत्रीय विमानस्थलबारे अन्तरक्रिया

जनकपुरधाम, २५ जेठ । धार्मिक नगरी जनकपुरको पर्यटन विकासका लागि यहाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको विकास गर्नुपर्नेमा जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले जनकपुरको पर्यटन प्रवद्र्धनको क्षेत्रमा वर्तमान सरकार मौन रहेकाले यसको विकासका लागि जनकपुर विमानस्थललाई स्तरोन्न...

चौतारा–सिपाघाट सडक कालोपत्रे गरिने

चौतारा, २५ जेठ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारादेखि सिपाघाटसम्मको २६ किमी सडकलाई कालोपत्रे गरिने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा आगामी आव ०७३÷७४ को असोजदेखि सडकलाइ स्तरोन्नति गरी ओटासिल पिच गरिने भएको हो । सडकको दायाँबायाँ १०–१० मि कायम गरी विस्तृत सर्भेक्षण भइरहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिभिजन इन्जिनियर पुष्प रञ्जितले बताउनुभयो ...

सवा दुईलाख पर्यटक आउँदा साढे सत्तरीलाख संकलन

झापा, २४ जेठ । झापाको कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको यस वर्ष २ लाख ३५ हजार ३ सय आन्तरिक तथा वाह्रय पर्यटकले अबलोकन गरेका छन् । यो गत वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्ष २ लाख २१ हजार ३ सय ८८ जना पर्यटकले मात्रै सिमसार क्षेत्रको अवलोकन गरेको जामुनखाडी ...