सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो
काठमाण्डौ, १४ चैत्र। आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्दा आज तोलाको ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको भाउमा कुनै घटबढ् भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ९५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

काबेली ए आयोजनाको निर्माण सुरु

काबेली ए आयोजनाको निर्माण सुरु
ताप्लेजुङ, १४ चैत । आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । एक सय मिलियन अर्थात् रु १० अर्बक...

विराटनगरबाटै सेयरको कारोबार सुरु

विराटनगरबाटै सेयरको कारोबार सुरु
मोरङ, १४ चैत । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प्रियराज रेग्मीले बताउनुभयो । पुँजी बजारसँग सम्बन्धित ...

मूल्य नपाउँदा तेह्रथुमका अदुवा किसान मर्कामा

मूल्य नपाउँदा तेह्रथुमका अदुवा किसान मर्कामा
तेह्रथुम, १४ चैत । थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजी रु ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे ।  अघिल्लो वर्षको जस्तो अदुवाले मूल्य पाएको भए उनले यो वर्ष रु चार लाख बढी आम्दानी सहजै गर्ने थिए । तर, उनलाई यसपालि लगानी उठाउन नै धौ–धौ परेको छ । उत्पादित अदुव...

पुर्वको विराटनगर, विर्तामोड लगायत छ वटा सहरमा धितोपत्र कारोवार सुरु

पुर्वको विराटनगर, विर्तामोड लगायत छ वटा सहरमा धितोपत्र कारोवार सुरु
सुनसरी । धितोपत्र दलाल व्यवसायीहरुले आइतवार देखि पुर्वको विराटनगर लगायतका मुलुकका प्रमुख छ वटा सहरबाट कारोवार सुरु गरेका छन् । धितोपत्रको कारोवार गर्दै आएका दलालहरुले पुर्व विराटनगर ,विर्तामोड लगायत नेपालगंज ,बुटवल ,नारायणगण र बनेपाबाट कारोवार सुरु गरेको स्टोक ब्रोकर एशोसिएसन नेपालले जानकारी दिएको हो । यस अघि ९ वटा कम्पनीले शाखा संचालन गरी उपत्य...

आगामी बजेटमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने, अर्थमन्त्री महरा

आगामी बजेटमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने, अर्थमन्त्री महरा
मोरङ, १३ चैत / उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी बजेटमा नीजी उद्योग व्यवसायहरुलाई प्रोत्साहन गर्नेगरि नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।  अर्थमन्त्रालय , राजस्व परामर्श समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७४÷७५ को राजस्व नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने सन्दर्भमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रियामा उह...

एक अर्ब बढीको सेयर कारोबार

एक अर्ब बढीको सेयर कारोबार
काठमाडौँ, १३ चैत । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ बिन्दुले बढेर एक हजार ५३९ बिन्दुमा पुगेको हो । लगातार घट्दै आएको बजारमा पछिल्लो केही दिनदेखि बढ्ने क्रम सुरु भएको छ । अधिकांश समूह हरियो भए पनि बजार ‘बुलिस टे«न्ड’मा अगाडि बढेको हो । ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत आज ११ ...

कति छ आज सुनको भाउ ?

कति छ आज सुनको भाउ ?
काठमाण्डौ, १३ चैत्र। साताको पहिलो दिन आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । साताको अन्तिम दिन सुन तोलाको ५४ हजार ८ सय रुपैयाँ रहेकोमा आज साताको पहिलो दिन पनि ५४ हजार ८ सय रुपैयाँ मा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको भाउ बढेको छ । आज चाँदी तोलामा ५ रुपैयााँले बढ्दा तोलाको ७ सय ९५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको ...

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी
पोखरा, १२ चैत । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा रु ५० लाखभन्दा बढी आम्दानी गरेको छ । करिब रु एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्...

केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण विषयमा छलफल

केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण विषयमा छलफल
काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा आज छलफल भएको छ ।  एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन आज हाइनान प्रान्तको बोआओ पुग्नुभएका...