हुलाकी राजमार्ग छिट्टै बन्ने

हुलाकी राजमार्ग छिट्टै बन्ने
भद्रपुर /  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राजनीतिक नाराका रुपमा रहेका हुलाकी राजमार्ग अब छिट्टै बन्ने बताउनुभएको छ ।  झापाको महेशपुरस्थित झापा चोकमा सडक विभागद्वारा आज आयोजित चारआली–केचना तथा भद्रपुर–राजगढ सडकमा कालोपत्रे कार्यको शिलान्यास गर्दै उहाँले मेचीदेखि महाकालीसम्मका १७ हुलाकी मार्ग नेपाल सरकारले बनाउने योजनाका साथ अघि बढिरह...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ
काठमाडौ / दशैंको फुलपाती नजिकिंदै जाँदा नेपाली बजारमा सुनको भाउ पनि क्रमश ओरालो लागेको छ । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ । आज बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ९ सय र तेजावी ५७ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुनको भाउ प्रतितोला ५८ हजार १ सय र तेजावी सुनको भाउ ५७ हजार ८ सय ...

सेयर बजार १६ अङ्कले बढ्यो

सेयर बजार १६ अङ्कले बढ्यो
काठमाडौँ /  धितोपत्र बजारमा आज रु ७९ करोड ३ लाख ४३ हजार १७५ मूल्य बराबरको सेयर कारोबार भएको छ ।  कुल १३६ कम्पनीको आठ लाख ९६ हजार ४१ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिनको तुलनामा १६.६२ अङ्कले बढेको नेप्से आज एक हजार ७८० बिन्दुमा पुगेको हो ।  ‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३.६६ बिन्दुले उकालो ला...

दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए
मुस्ताङ /  हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् ।  जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि रु ६५ का दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त कर सङ्कलन केन्द्रका अनुसार, घटस्थापनाको दिनसम्म २० हजार ९७२ वटा भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका हुन...

भू–जैविक प्रविधियुक्त सडक निर्माणमा जोड

भू–जैविक प्रविधियुक्त सडक निर्माणमा जोड
ललितपुर / वातावरणमैत्री भू–जैविक प्रविधि अर्थात् स्थानीय स्रोत साधनमा आधारित सडक निर्माण गरिएमा आर्थिक नोक्सानी र वातावरणीय ह्रास कम गर्न सकिने भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।  जथाभावी निर्माण गरिएका ग्रामीण सडकबाट खेतीयोग्य जमिन र प्राकृतिक स्रोतमा क्षति गर्नुका साथै सडकको मर्मतसम्भारमा उल्लेख्य वृद्धि, दुर्घटनाम...

अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक : उद्योगमन्त्री जोशी

अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक :  उद्योगमन्त्री जोशी
बुटवल (खस्यौली) /  उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालनसम्बन्धी सूचना प्रवाहका लागि अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने बताउनुभएको छ ।  त्यस्ता उद्यमी उत्प्रेरकले सूचना केन्द्रको स्रोत व्यक्तिधका रुपमा काम गर्ने हँदा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाँले दिलाउनुभयोे ।  नेपाल प्रेस युनियन रुपन्देही शाखाले ...

पुल मर्मतसम्भार नहुँदा जोखिम मोल्दै यात्रु

पुल मर्मतसम्भार नहुँदा जोखिम मोल्दै यात्रु
जाजरकोट /  यहाँको भेरी नदी तथा साना सहायक नदीमा रहेका दर्जन पुल जीर्ण बन्दै गएका छन् । रुकुम र जाजरकोट दुवै जिल्लाका सरोकारवालाले खासै ध्यान नदिँदा पुल जीर्ण बनेका हुन् ।  समयमा पुल मर्मतसम्भार नहुँदा यात्रु भेरी नदी तथा अन्य नदीमा ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य भएका छन् ।  जाजरकोट तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदीको झोलुङ्गे पुल नि...

‘शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही’

‘शुल्क नतिर्ने कम्पनीलाई कडा कारबाही’
काठमाडौँ /  नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्।  नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले रु ७६ लाख शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् । ...

तल्लो मोदीको सुरुङ निर्माण कार्य सञ्चालन

तल्लो मोदीको सुरुङ निर्माण कार्य सञ्चालन
फलेवास (पर्वत) /  कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सञ्चालन भएको छ ।  तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माणको ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्टक्चर व्यवस्थापन र त्यस प्रालिमा कार्यरत आन्दोलनकारी मजदुर र कर्मचारीबीच सहमतिपछि सोमबारदेखि निर्माण कार्य सञ्च...

लसुनगञ्जवासी अध्याँरोबाट मुक्त

लसुनगञ्जवासी अध्याँरोबाट मुक्त
सुरुङ्गा(झापा) १६ असोज । झापाको दुर्गम र पछाडि पारिएको कुमरखोद –३ का एक सय २५ घर परिवारले बल्ल विजुली वत्तीबाल्न पाएका छन् । संसद पूर्वाधार विकास कोषको १५ लाख रुपैयाँको लागतमा कुमरखेद – ३ को लसुगञ्जमा विद्युतलाईन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले विजुली वत्ती बाल्न पाएका हुन् । आज आयोजित एक कार्यक्रमकाबीच सामान्य प्रशासन मन्त्री केशवकुमार वुढा...