सुनको भाउ ह्वातै घट्यो

काठमाडौँ। मंसिरको अन्तिम दिन सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बिहिबार ५२ हजार १ सय रुपैयाँमा कायम भएको छ। गत माघयताकै सस्तो मूल्यमा अहिले सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंसिरमा मात्रै सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको छ। मंसिरको पहिलो दिन ५५ हजार ...

दुई वर्षभित्र खानेपानीको आपूर्ति : राज्यमन्त्री खडका

बनेपा । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र न्यूनतम खानेपानीको आपूर्ति गर्नेे बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज भएको जिल्ला सरसफाइ सम्मेलनमा उहाँले खानेपानीको अभावमा सरसफाइ हुन सक्दैन भन्नुभयो । खानेपानी र सरसफाइलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम तय गरेको छ राज्यमन्त्री खडकाले भन्नुभयो । “उहाँ...

उत्पादन घटेपछि किसान चिन्तित

काभ्रे । आलुको उत्पादन घटेपछि नाला गाविसका किसान चिन्तित हुन थालेका छन् । यस वर्ष आलुको उत्पादन र मूल्यमा हस आएको छ । लगानी खर्चसमेत उठाउन नसकिने अवस्था रहेको नालाका स्थानीय किसान काजीमान तामाङले बताउनुभयो । अहिले यहाँ रातो आलुको मूल्य प्रतिकिलो रु २८ तथा सेतो आलुको मूल्य रु १३ रहेको छ । गत वर्षको तुलनामा आलुको उत्पादन र मूल्य घटेपछि किसानलाई घाटा ...

अलैँची बिक्री नहुँदा किसान मारमा

सोलुखुम्बु । चौलाखर्क र गोली गाविसमा उत्पादन भएको अलैँची बिक्री हुन नसक्दा किसान मारमा परेका छन् । गत वर्ष किसानबाट खरिद गरेको अलैँची स्थानीय व्यापारीले अझै बिक्री गर्न सकेका छैनन् । स्थानीय व्यापारी डम्बरबहादुर बस्नेतका अनुसार पहिलाकै अलैँची मौज्दात भएका कारण यस वर्ष उत्पादन भएको अलैँची बिक्री हुन सकेको छैन । गत वर्ष ती गाविसमा ३२ हजार किलो अलै...

विकास बजेट आठ प्रतिशत मात्रै खर्च

बैतडी । बैतडीमा प्रथम चौमासिकमा करिब आठ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । जिल्लाको विकास बजेटको नामले समेत चिनिने पुँजीगत खर्च ७.९५ प्रतिशत मात्रै भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, बैतडीले जनाएको छ । कार्यालयलाई चालु आवका लागि रु एक अरब १० करोड ८० लाख ७२ हजार अख्तियारी आएको र विभिन्न कार्यालयमार्फत प्रथम चौमासिकमा रु आठ करोड ८१ लाख २१ हजार म...

बडहरेखोलामा पुल निर्माण सुरु

पाल्पा । शालिकराम करिडोरअन्तर्गत पर्ने बडहरेखोलामा मोटरेबल पुल निर्माण कार्य सुरु भएको छ । घिरिङ खण्डको गजरकोट–२ भण्टार र वडा नं ६ को अत्रौलीको सिमानामा रहेको बडहरेखोलामा मोटरेबल पुल निर्माण हुन लागेको हो । सरकारको रु एक करोड १९ लाखको लागतमा निर्माण कार्य सुरु भएको पुल २० मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेको छ । निर्माण कम्पनी सन्तोषी नागार्जुन ज...

दूध बिक्रीबाट मासिक अठार लाख आम्दानी

पोखरा । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बन्नुभएको छ । पालुङटार नगरपालिका–३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक तीन हजार ५०० लिटर दूध बिक्री गर्दै आउनुभएका उहाँले एक वर्षको अवधिमा केन्द्रको ...

सहकारीबाट ऋण झिकेर व्यवसायमा लगानी गर्दै महिला

पाल्पा । घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेपछि महिलाको परनिर्भरता अन्त्य हुँदै गए...

याक एन्ड यतीले अझै तिरेन कर

काठमाडौँ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ (२) बम...

दोधारा चाँदनीमा दुई पक्कीपुल निर्माण हुने

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चालु आवभित्रै निर्माण कार्य पूरा गर्नेगरी दुईवटा पक्की पुल निर्माण हुने भएका छन् । नगरपालिकाका वडा नं ५ र ६ जोड्ने भट्टिनालामा र सोही नगरपालिका–१ र २ को मलरियानाला पक्की पुल बन्ने भएका हुन् । मलरिया नालामा रु चार करोड ६४ लाख २५ हजार छसय २९ र भट्टिनालामा रु पाँच करोड २८ लाख ३६ हजार दुईसय ८० को लागतमा प...