अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

मलेखु(धादिङ), २४ असोज । खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेंसीका विष्णुप्रसाद कोइरालालाई यो समस्याले चिन्ता...

भारतीय र चिनियाँ तरकारी–फलफूल बुटवलमा

बुटवल २४ असोज । बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय छ ।  यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ । यहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्य...

अरुण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान

काठमाडौँ, २३ असोज । भोजपुरको उत्तरी षडानन्द नगरपालिकाका जनताले ‘तुम्लिङ्टार–लम्सुवा–दिङला’ जोड्ने मार्गमा अरुण नदीको लम्सुवाघाटमा निर्माणाधीन पुल समयमै निर्माणका लागि दबाबस्वरुप मोबाइल सन्देश (एसएमएस) अभियान सुरु गरेका छन् । नगरवासीले दबाब समिति गठन गरी आज जिल्लाका तीन सांसद ज्ञानेन्द्रबहादुर कार्की, शेरधन राई र कृपाशुर शेर्पालाई एसएमएस गरी ध्या...

दशैँकाे मुखमा भेडा–च्याङ्ग्राको अभाव

भक्तपुर, २१ असोज । भक्तपुरमा दसँैका लागि मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्राको अभाव भएको छ । भक्तपुरमा करिब दुई हजारवटा भेडा–च्याङ्ग्रा बिक्रीका लागि ल्याइएकामा पशु अधिकारकर्मीका नाममा एउटै समूहले छ सयवटा च्याङ्ग्रा किनेर लगेपछि अभाव भएको हो । बुधवार हेलम्बुको जङ्गलमा लगेर च्याङ्ग्रा छाडिदिने र अरूलाई पनि पशुबध नगर्न आग्रह गर्ने भन्दै आएको समूहल...

‘१४औँ अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी’ अन्योलमा

काठमाडौँ, २१ असोज । नेपाल हस्तकला महासङ्घले आगामी मङ्सिरमा गर्न लागेको ‘१४ औँ अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी’ अन्योलमा परेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा सहभागितामा आगामी मङ्सिर १० देखि १६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गर्न तिथि तोकिएको भएपनि अहिले सार्क राष्ट्रका बीचमा देखिएको तनावका कारण सो प्रदर्शनी पनि अन्...

सुन प्रतितोला रु चार सयले घट्यो

काठमाडौँ, २० असोज । नेपाली बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला रु ४०० ले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सो ‘पहेँलो धातु’को मूल्य घटेका कारण त्यसको प्रभाव नेपाली बजारमा पनि परी व्यापार बढ्ने आशामा व्यवसायी खुसी भएका छन् । बुधबार प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भई कारोबार भएकामा यसको मूल्य आज प्रतितोला रु ५६ हजार ३०० क...

लसुनगञ्जवासी अध्याँरोबाट मुक्त

सुरुङ्गा(झापा) १६ असोज । झापाको दुर्गम र पछाडि पारिएको कुमरखोद –३ का एक सय २५ घर परिवारले बल्ल विजुली वत्तीबाल्न पाएका छन् । संसद पूर्वाधार विकास कोषको १५ लाख रुपैयाँको लागतमा कुमरखेद – ३ को लसुगञ्जमा विद्युतलाईन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले विजुली वत्ती बाल्न पाएका हुन् । आज आयोजित एक कार्यक्रमकाबीच सामान्य प्रशासन मन्त्री केशवकुमार वुढा...

दुग्ध सहकारीको साधारण सभा सम्पन्न

इटहरी / दुग्ध उत्पादन सहकारी सँस्था लिमिटेड इटहरीले आप्mनो ३९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  पुर्वाञ्चलकै पुरानो दुग्धसहकारीमा २ सय ९२ जना कृषक आवद्ध रहेका छन् । कार्यक्रममा सँस्थामा वर्षका ३ सय ६५ दिन नै दुध जम्मा गर्ने एक दर्जन कृषकलाई सम्मान गरिएको छ । त्यस्तै सँस्थाबाट बर्षमा सबै भन्दा बढि दुध खरिद गर्ने उपभोक्ता भरत रेग्मीलाई सम्मान ग...