उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुर । उदयपुरमा सर्पको टोकाईबाट एक बालिकाको शुक्रबार विहान मृत्यु भएको छ । कटारी नगरपालिका ३ ताराघारी घर भएका महेश बिककी ४ बर्षीय छोरी ऋतिका बिकको सर्पको टोकाईबाट मृत्यु भएको छ । शुक्रबार बिहान ४ बजेर ४५ मिनेट जाँदा बिकलाई सर्पले टोकेको थाहा पाएपछि उनलाई नजिकैको सर्प दंश उपचार केंद्र ताराघारी आर्मी क्याम्पमा लगिएको सोही वडाका वडाध्यक्ष राम बहा...

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

उदयपुर / उदयपुरमा विहिबार साँझ ६ बजे करेन्ट लागेर एक ७ वर्षिय बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ बगाहामा करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकलाई करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकै आफ्न्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जान...

राजातन्त्र फर्किदैन् : नेता केसी

उदयपुर / नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले कसैले चाहेर पनि राजतन्त्र नफर्किने बताएका छन् । बिपी कोइरालाको १०६ औं जन्म जयन्ती तथा दोस्रो चरणको जागरण अभियानको क्रममा उदयपुर आएका नेता केसीले पार्टीनिकट नेपाल प्रेस युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले राजतन्त्रको अवशेष बाँकी रहेको अवस्थामा राजतन्त...

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुर / नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को १ न. प्रदेश प्रथम अधिवेशनबाट अर्जुन जम्नेलीको अध्यक्षमा २१ कार्यसमिति चयन भएका छन् । उदयपुरको राजाबासमा शुक्रबार सम्पन्न भएको प्रथम प्रदेश अधिवेशनबाट जम्नेलीको अध्यक्षतामा प्रदेशीक कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट फोनिजको प्रदेश उपाध्यक्ष फिपराज बेघा र भूमिक...

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुर / उदयपुरमा ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई मोबाइल जीपीएस कलर ट्राकिङ प्रविधिमार्फत पक्राउ गर्न सफल भएको छ । काठमाडौंमा लुकीछिपी बस्दै आएका त्रियुगा नगरपालिका ५ दमौतीका ३३ वर्षिय होम बहादुर कार्कीलाई घर आउने क्रममा मोबाइलको जीपीएस कलर ट्राकिङ मार्फत पक्राउ गर्न सफल भएको हो । त्रियुगा नगरपालिका ५ का ३५ वर्षिय मोहन बुढाथोकीलाई २०७...

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर / उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा डुवेर दुई विद्यार्थी वेपत्ता भएका छन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेको बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय देव कुमार राई र १४ वर्षिय प्रविन राई सुनकोशीमा माछा मार्ने क्रममा डुवेर वेपत्ता भएका हुन । उनीहरु माछा मार्ने क्रममा नदीमा वेपत्ता भएको स्थानीय बुत्कु मा वि का शिक्षक श...

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुर / जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले १० महिनामा ७७ लाख ३४ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को १० महिनामा नै प्रहरीले साे रमम बराबरकाे राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार छ सय ५० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी टिफर/ट्रक चालक र त्यसपछि म...

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुर / सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि स्थानीय तहलाई समपुरक र विशेष बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान पाएका छन् । यो वर्ष महानगरपालिकाहरुले ७ अर्ब ७५ करो रुपैयाँ बजेट पाएका छन् । उपमहानगरपालिकाले ७ अर्ब ९९ करोड रुपैया पाएका ...

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुर / उदयपुरमा तीन तल्ले घरको छतबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ६ पुष्पलाल चोककी वर्ष ३६ की अनिता भन्ने रेमनी देवी साह घरको छतबाट लडेर घाइते भएकी थिईन् । उनले शनिबार बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तल्ले घरको छतबाट लडेर गम्भीर घाइते भएकी थिईन् । गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय ...

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुर / उदयपुरमा आइतबार विहान करिव ६ बजेको समयमा दुर्घटना हुँदा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका १४ घुर्मी रानी डाँडामा ना.७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित दुर्घटनामा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सहचालक सिन्धुली दुधौली नगरपा...