शिक्षा सन्देशमा निशूल्क स्वास्थ्य शिविर

बेलबारी। शिक्षा सन्देश इं स्कुल बेलबारीले आफ्ना विद्यार्थी तथा अभिभावलाई लक्षित गरी एकदिने निशूल्क स्वास्थ्य शिविर संचालन गरेको छ । एपेक्स अस्पताल, इटहरीको प्राविधिक सहयोगमा संचालन भएको उक्त शिविरमा एपोलो हष्पिटल र जी. वी. प्लान्ट हष्पिटल नयाँ दिल्लीमा लामो समयसम्म सेवा पुर्याएका बरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. गोविन्द कुमार लाल कर्णले सेवा प्रदान गरेका थिए ।

विद्यालयका छात्र छात्रा तथा आफ्ना अभिभावकलाई लक्षित गरी संचालन गरिएको उक्त शिविरमा नर्सरीदेखि कक्षा तिन सम्मका बालबलिका र तिनका अभिभावक गरी ३१० जनाले निशूल्क सेवा लिएको विद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

Loading...