इटहराको सामाजिक काममा सहयोग तथा सहकार्य रहनेछ : अध्यक्ष युबराज

युबराज निरौला

बैदेशिक रोजगारका लागि मोरङको इटहराबाट कतार गएका इटहराबाशीहरु एकजुट भएका छन् । आफ्नो गाउँको विकास निर्माणमा,बिबिध समस्यामा सहयोग पुर्याउन इटहरा समाज कतारको प्रथम साधरण सभाबाट युबराज निरौलाको अध्यक्षतामा सात सदस्यीय कार्य समिति समेत चयन गरिएको छ । नबगठित समितीका अध्यक्ष निरौलासँग गरिएको कुराकानीको सार ।

इटहरा समाज कतार गठन गर्नुको उदेश्यबारे बताईदिनुहोस न ?

बैदेशिक रोजगारीको शिलशिलामा इटहराबाट कतारमा थुप्रै युवाहरु आउनुभएको छ । सबैमा चिनापरिचय छैन् । सबैलाई एकिकृत गएर आफ्नो गाउँठाउको बिकास निर्माणमा सहयोग पुर्याउनु, बिभिन्न समस्यामा मल्हमपट्टी लगाउनको लागि समाज गठन गरिएको हो । यसका साथैं बिदेशमा रहेर छुट्टीमा सबैसाथीभाई भेटघाट गरि दुखसुख आदानप्रदान गर्नु,एउटालाई समस्या पर्दा अर्कोलाई सहयोग गर्न,भाईचाराको सम्बन्ध बिस्तार गर्न संस्था गठन गरेका हौ । यस्तै चाडपर्वहरु आउदा बिदेशमा देशको याद धेरै आउछ । सबै भएर मिलेर बिदेशमा मन बुझाएर चाडपर्व तथा उत्सब संस्थागत रुपमा मनाउनको लागि पनि संस्था गठन गरिएको हो ।

अरु के के काम गर्छ यो संस्थाले ?
कतारमा रहेका इटहराका नेपालीहरुलाई आपदबिपत पर्दा तथा कानुनी समस्यामा पनि हातेमालो गर्दै अघि बढ्ने काम गर्छ ।

तपाईको कार्यसमिती कस्तो बनेको छ ?
एकदमै राम्रो बनेको छ । किनकी समाजसेवा मार्फत केहि गरौं भन्ने युवाहरु समितीमा हुनुहुन्छ । जसले गर्दा टिम एकदमै मजबुद बनेको छ ।

समितिमा को को हुनुहुन्छ ?

अध्यक्ष म सहित उपाध्यक्षमा समिन बराल, सचिबमा सुरेश न्यौपाने, कोषाध्यक्षमा नारायण खतिवडा, सदस्यहरुमा ज्ञानु थापा, झमक थापा र रंजन घिमिरे रहुनभएको छ । आउने दिनमा मोसु कतारसंग हातेमालो गर्दै सस्थागत रुपमा अघि बढ्ने तयारी गरेका छौ ।

के छन् आगामी योजनाहरु ?
इटहराबाट कतारमा आउनुभएका महिलाहरु हाम्रो सम्पर्कमा आउनुभएको छैन् । उहाँहरुलाई पनि समेटर लैजाने योजना रहेको छ । मैले अगाडी पनि भनिसके हाम्रो मुख्य उदेश्य स्वदेशमा तथा विदेशमा रहेका इटहरावाशी लगायतको समस्यामा स्थिती हेरी सहयोग गर्नु नै हाम्रो मुख्य उदेश्य हो ।

यसअघि के के गरेको छ यो संस्थाले ?
मेरो संयोजकत्वमा इटहरा समाज कतार सिमित साथीभाईको बिचमा गठन गरेका थियौं । अहिले साथीभाईहरु सम्पर्कमा आउदैं थपिदैजानुभएको छ । पहिलो साधरण सभाबाट संस्था अझ बृहत बनेको छ । हामीले यसअघि इटहरा लक्ष्मी चौकका मृगौला रोगी तेजबहादुर नेपालीलाई सहयोग गरेका थियौं । यस्तै कतारमा समस्यामा परेका साथीहरुलाई पनि सहयोग गर्दै आएका छौ ।

र अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सम्पूर्ण इटहराबाट कतार जानुभएका युवाहरुलाई सम्पर्कमा आईसंस्थामा सदस्यता लिन अनुरोध गर्दछु । र इटहरावाशीहरुलाई पनि आफ्नो गाउँठाउँको समस्याहरु अवगत गराउन अनुरोध गर्दै बिकास निर्माण लगायत बिभिन्न सामाजिक काममा सहकार्य तथा सहयोग गर्ने प्रण गर्दछौ ।

तपाईको प्रतिक्रिया

Loading...