ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

जाजरकोट, २८ पुस । जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एकजनाको मृत्यु भएको छ । ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् ।

घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले वताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

Loading...