कुन उमेरमा मानिस सबैभन्दा बढी दुखी हुन्छ ? यस्तो छ रहस्य

एजेन्सी । मानिसको जीवन सुख र दुखको समिश्रण हो । उत्तिखेरै खुशी भएको मानिस क्षणभरमा नै दुखी बन्न पुग्छ । तर हालैको एक अध्ययनले मानिसको दुखको विषयमा अनौठो तथ्य बाहिर ल्याएको छ । लान्सेट जर्नलमा प्रकाशित शोधमा अधिकाँश मानिसहरु ४० वर्ष पछिदुखका दिन सुरु हुने उल्लेख छ ।बेलायतमा गरिएको उक्त अध्ययनले ३५ वर्ष कटेपछि निक्कै दुःखी हुने गरेको निष्कर्ष निकालेको छ । जर्नलका मुख्य शोधकर्ताले ३५ देखि ५५ वर्ष सम्म निक्कै दुःखी हुनेहरु पनि त्यसपछी भने धेरै दुःखी नहुने बताएका छन् ।

शोधका अनुसार आफ्रिकामा अधिकाँश मानिसहरु कहिल्यै पनि खुसी हुने तर पूर्वी युरोप, रुस र ल्याटिन अमेरिकी राष्ट्रहरुमा बढ्दो उमेरसँगै मानिसहरुको खुशी कम हुने देखिएको छ ।

अध्ययनका प्रमुख तथा युनिवर्सिटी कलेज लण्डनका प्रोफेसर एण्ड्र्यु स्टेप्टोका अनुसार ‘उमेर बढ्दै जाँदा मानिसको खुशीको मात्रा घट्दै जाने गरेको बताए । त्यसमा मुख्य रुपमा मानिसको आर्थिक अवस्थाले अर्थ राख्ने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading...