पुनर्निर्माण प्राधिकरणको सिईओ ज्ञवाली बर्खास्त, डा. पोख्रेल नियुक्त

काठमाडौँ। सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ । यसअघि सरकारले ज्ञवालीको काम चित्तबुझ्दो नभएको भन्दै स्पष्टीकरण मागेको थियो । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई पदबाट बर्खास्त गरेर गोविन्द पोखरेललाई नियुक्ति गरेको छ ।

सरकारले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो । प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो । काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण बुझाएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो ।

तपाईको प्रतिक्रिया

Loading...