अन्तराष्ट्रिय आमन्त्रण रिकभरिङ फुटबल प्रतियोगितालाई खेलकुद सामाग्री हस्तान्तरण

लक्ष्मीमार्ग । हाम्रो चहाना लागुऔषध मुत्त समाज निर्माणको मुख्य कामना भन्ने नारा सहित यहि पुष १८ देखि २५ गतेसम्म हुन लागेको अन्तराष्ट्रिय आमन्त्रण रिकभरिङ फुटबल प्रतियोगितामा पुर्बसन्ध्यामा खेलकुद सामाग्री बितरण गरिएको छ । डाँगीहाट ५ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माबि खेलमैदानमा लक्ष्मीमार्ग रिकभरिङको आयोजना र डाँगीहाट युथ क्लबको सहआयोजनामा हुन लागेको प्रतियोगिताका लागी आबश्यक खेल सामाग्रीहरु शनिबार बितरण गरिएको हो । डाँगीहाट ५ घर घई हाल काठमाण्डौमा बसोबास गर्ने नेपाल बिद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री दिपेन बान्तवा राईले सो खेलका लागी करिब ५० हजारमा खरिद गरी पठाएको जर्सी १६ थान,फुटबल ५ थान,सिठठी २ थान,पम्प १ थान,लाईन्समेन झण्डा २ थान,झण्डा २ थान,नेट सेट २ थान,अफिसियल जर्सी १ थान स्थानीय युवा समाजसेवी हिमांशु रायले आयोजक संस्थाका अध्यक्ष सै कुमार राईलाई प्रदान गरेका हुन ।

हस्तान्तरण कार्यक्रममा रायले राज्यले गर्न नसकेको काम स्थानीय रिकभरिङका युवाहरुले गरेर राज्यलाई नै चुनौति दिएको बताए । युवाहरुको यो सकरात्मक कामले समाजमा राम्रो काम गर्नेलाई उर्जा दिएको समेत उनले बताए । अर्का स्थानीय युवा समाजसेवी नुतन लिम्बुले समाजमा सधै सकरात्मक काम गर्दामात्र समाजले सपोर्ट गर्ने भएका कारण पनि यो युवाहरुको काम उदाहरणीय भएको बताए । नकरात्मक काममा लागेका युवाहरु सकरात्मक बाटोमा आएर गरेको यो काम प्रशंषायोग्य रहेको समेत बताए ।

कार्यक्रममा बेलबारी रिकभरिङका अध्यक्ष नवराज राईले यो प्रतियोगिताले एउटा नयाँ कामको शुरुवात भएको र यस्ले सकरात्मक शन्देस दिने बताए । प्रतियोगितामा झापा,मोरङ,सुनसरी र भारतको एक टिम गरी ८ वटा टिमको सहभागिता रहने समेत उनले बताए । प्रतियोगितामा प्रथम हुनेले ३१,हजार नगद,दोस्रोले २१ ह्जार नगदसहित फेयर पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ३ लाख खर्च हुने समेत आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया