भित्री गणतन्त्रको खाँचो

प्राप्त भएको स्वतन्त्रता नेपालीलाई अब अलिनो र खल्लो लाग्ने बेला आएको छ । प्रदेश विभाजनलाई लिएर पाँच नम्बरमा भएको अनेक खालको रडाको र दुई सातादेखि भएको सो क्षेत्र आसपासको आम हड्तालले सो क्षेत्रमा अस्तव्यस्तता मात्र निम्त्याएन । देशकै विभिन्न क्षेत्रलाई थप आन्दोलित समेत बनाएको छ । पूर्व राजा ज्ञानेन्द्रले समेत –‘देश असहज स्थितिमा रहेको र देश बचाउन सम्पूर्ण राष्ट्रवादी शक्तिहरू अब एक ठाउँमा आउने बेला भएको’ भन्ने राष्ट्रवादी आसयको अभिव्यक्ति दिएका छन् । हाम्रा नेताहरूमा सो अभिव्यक्तिको ‘काउन्टर’ दिन सक्ने साहस यतिखेर देखिन्नँ । यो दुःखको कुरा हो ।

किन हाम्रा नेताहरू यति निरीह र लुला देखिए ? कहाँ चुक्यो हाम्रो गणतन्त्रको शैली ? किन हामी दिशाहीनताको सिकार भयौं ? भारतले हामीसँग दिल्लगी गर्ने मौका कसरी पायो ? अहिले आएर फेरि जल विद्युत् निर्माणका सवालमा भएको निर्णयले ‘दोस्रो नाकाबन्दी’ को ‘एहसास’ दिलाउन किन खोज्दैछ ? के नेपालले आफ्ना नदी नालाबाट बिजुली निकाल्न भारतको पाउ मल्नै पर्ने भएको हो त ? तेस्रो देशले लगानी गर्दा भारतलाई किन टाउको दुखेको हो ? नेपाल सार्वभौम देश हो कि होइन ? नेपालमा नेपालीले शासन चलाउने हो कि कुनै ‘विदेशी राजदूत’को दादागिरी र हैकममा नेपाली नेताहरू भरिया भएर प्रतिनिधि भई जनतालाई अल्मल्याउने हो ? यी प्रश्नहरू यतिखेर तमाम क्षेत्र र पेसामा कार्यरत इमान्दार र मेहनतकश नेपालीले रातोदिन सोचिरहेका छन् । उत्तर दिने सामथ्र्य कुनै पार्टका कुनै ‘काँट र ठाँट’ का नेतामा छैन । किन ? किन ?? किन ??? सवाल चर्को र तातो पनि रहेको छ ।

नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला धर्मनिरपेक्षताका मामलामा जनमत संग्रह गराउनु पर्ने विचार राख्दै देश दौडाहामा निस्फिक्री हिँडेका छन् । देशैभरिका काँग्रेसीजन संघीयता, धर्मनिरपेक्षता र प्रदेश विभाजनका सवालमा बाँडिएका र भाँडिएका देखिए । पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनु पर्ने तर्क पनि आएका छन् । यी र यस्ता अह्म सवालहरूको छिनोफानो नगरी अब नेपाल एक पाइला पनि अघि जान नसक्ने देखिएको छ । यो गणतन्त्रका हिमायती मेचीकाली भित्रका जनतालाई च्वास्स बिझाउने कुरा हो ।

काँग्रेस र माओवादी केन्द्रको हठका कारण, पूरै मतको अठार प्रतिशत मत पाउने मधेश केन्द्रित दलका ‘बालहठ’ झैँ मानिने रोड्याइँका कारणले कथंकदाचित पूरै नेपाली जनताले ठूलो मूल्य चुकाउने स्थिति आयो भने नेपाल र नेपालीले यी पार्टीहरूलाई कहिल्यै माफ गर्ने छैनन् । आउँदो चुनावमा यी पार्टीहरूले आफ्नो भोट बैँक त अवश्य गुमाउने नै छन् अझ अघि बढेर आम जनताका हृदयका अन्तरकुन्तरमा तिनीहरूको स्थान न्यून भएर जाने छ । यो कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

काँग्रेस र माओवादी केन्द्रको हठका कारण, पूरै मतको अठार प्रतिशत मत पाउने मधेश केन्द्रित दलका ‘बालहठ’ झैँ मानिने रोड्याइँका कारणले कथंकदाचित पूरै नेपाली जनताले ठूलो मूल्य चुकाउने स्थिति आयो भने नेपाल र नेपालीले यी पार्टीहरूलाई कहिल्यै माफ गर्ने छैनन् । आउँदो चुनावमा यी पार्टीहरूले आफ्नो भोट बैँक त अवश्य गुमाउने नै छन् अझ अघि बढेर आम जनताका हृदयका अन्तरकुन्तरमा तिनीहरूको स्थान न्यून भएर जाने छ । यो कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

समयको लहरमा हिँड्न नसक्ने नेता र पार्टीलाई जनताले चुनावमा जिताउनुको कुनै तुक रहने छैन । देशमा भएका तमाम बेथितिलाई समूल रुपमा अन्त्य गर्नु पर्ने, चुनावमा तत्कालै जानु पर्ने, संविधानको संशोधनको ‘डेडलक’को शीघ्र गाँठो फुकाउनु पर्ने, भूकम्प पीडितका दुःखलाई सम्बोधन गर्न ऋणका माध्यमबाट सरल रुपले रुपैयाँ प्रवाह गर्नु पर्ने र तत्कालैका विकास निर्माण र राष्ट्रिय गौरवका आयोजनालाई पूर्ण रुपले मूर्त रुप दिँदै अगाडि जानु पर्ने विषयमा यी सत्तासीन दलहरूको रवैया यतिखेर चित्तबुझ्दो पाराको छैन । अझ घिनलाग्दो पाराको देखिँदै छ ।

प्रचुर गतिका साथ हामीले आवश्यक प्रदेश, गणतन्त्रोन्मुख ऐनकानुन र संविधान कार्यान्वयनका दिशामा ‘फास्ट ट्रयाक’ मा गएर काम गर्न सकेनौं भने २०७४ माघको चुनावको हदम्याद भड्किन सक्छ । चुनाव भड्कियो भने नेपालमा सबै प्राप्तिका सन्दर्भहरूमा फेरि घडी उल्टो घुम्ने स्थिति आउँछ । कम्तिमा युवा पुस्ता त्यो भएको हेर्न चाहिरहेको छैन । उसको घडी फास्ट र सुल्टो घुमेको छ र सोही हेर्न चाहन्छ ।

नोबेल मेडिकल कलेजको परीक्षामा भएको भद्रगोल जात्रा, आइएमओको डिन नियुक्तिपछि पनि त्यहाँ भएको तालाबन्दी र विद्यार्थीहरूको पढाइ लेखाइको चौपटले गर्दा स्वास्थ्य क्षेत्रको स्थिति झन्झन् भयावह हुने स्थिति देखिएको छ । असीम ऊर्जा भएका युवाहरू दैनिक पन्ध्रसयका हाराहारीमा त्यसै विदेश गएका होइनन् । देशमा बसौं राजनीतिक स्थिरता छैन । आफ्नो अध्ययन, सिप र दक्षताका आधारमा कुनै काम पाउने स्थिति छैन । कामले आफु र आफ्ना परिवार पाल्न सक्ने हविगत हुँदैन । राजनीतिक पार्टीले ऊर्जाशील युवाहरूलाई भरिया र करिया बनाइरहने अनि बूढा नेताहरूले ‘बूढो गोरुले कोरली गाई ओगटीरहने’ स्थितिको अन्त्य नभएसम्म नेपालको मलिन मुहारमा अब कुनै हालतमा पनि चहक भरिन सक्दैन । तर कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ पूरै आसा मार्ने स्थिति पनि आइसकेको छैन । नेपालमा प्रयोग नभएका शक्तिहरु अझै ‘रिजर्भ’मा छन् ।

नेपालसँगै प्रजातन्त्रको लहरमा समाहित भएका युरोपियन देशहरू आज यो २७ वर्षको दर्मियानमा कहाँ पुगिसके । उनीहरूको विकासको इन्फास्ट्रक्चरहरूले भौतिक सम्पन्नताको स्थिति र मानव विकास सूचकांकको स्थिति कहाँ पुगिसक्यो त्यो नेपाली सत्तासीन र प्रतिपक्षमा बसेका कुनै लाउके र टाउके नेता नेतृहरूले मिहीनशैलीले अध्ययन गरेका छैनन्

नेपालसँगै प्रजातन्त्रको लहरमा समाहित भएका युरोपियन देशहरू आज यो २७ वर्षको दर्मियानमा कहाँ पुगिसके । उनीहरूको विकासको इन्फास्ट्रक्चरहरूले भौतिक सम्पन्नताको स्थिति र मानव विकास सूचकांकको स्थिति कहाँ पुगिसक्यो त्यो नेपाली सत्तासीन र प्रतिपक्षमा बसेका कुनै लाउके र टाउके नेता नेतृहरूले मिहीनशैलीले अध्ययन गरेका छैनन् । आफु, आफ्ना परिवार, नातागोता र पिछलग्गुहरूका भविष्यलाई बनाउन पाए हाम्रा नेतालाई देश, जनता र विकासको कुनै मतलब पनि रहदैन । अहिलेको देशको हविगत देख्दा त्यो पाइयो ।

केही हप्ताअघि छिमेकी भारतकी तामिल नाडुकी मुख्यमन्त्री जय ललिताको मृत्युमा त्यहाँका उनका शुभचिन्तकहरूले असिम दुःख व्यक्त गर्दै ७७ जना मानिसले आत्मदाह गरेका, १४ जना मानिसहरूले आफ्ना हातका औँला काटेका र सैयौंको संख्यामा भाव समर्थकहरूले त आत्मदाहको प्रयास समेत गरेको समचार अनलाइनहरूमा पढ्न पाइयो । के नेपालमा कुनै नेताको त्यस्तो अप्रतयाशित मृत्यु भएमा नेपाली जनताहरू त्यसैगरी नेताका पक्षमा सती जान सक्छन् ? उत्तर सपाट छ –‘बाहिरबाहिर लोकाचारका लागि औपचारिक रुपमा समर्थन गरे पनि नेताका पक्षमा कोही पनि आफूलाई मटियामेट गर्नेवाला छैनन् । केहीअघि काँग्रेस नेतृ तथा भूतपूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई सरकारले चोरबाटोबाट दिएको पचास लाखको बारेमा नेपाली समाचारले ‘ब्रेकिङ् न्यूज’ बनाए । नेपालीले उनका विरोधमा कुरा काटे । लेख लेखे । फेसबुकहरूमा कतिपय महानुभावहरूले त –‘छातीको खटिरालाई पचास लाख भनी’ कमेन्ट गरे । के उनका पिता तथा नेपाली काँग्रेसका भूपू सभापति गिरिजाप्रसाद कोइराला, ठूलोबुवा तथा महामानव बीपी कोइरालाहरूको यो देशलाई गरेको योगदान गर्व गर्न लायक छैन त ? अझ इतिहासको कुरा गर्दा उनका हजुरबुवा कृष्णप्रसाद कोइरालाको आफ्नो समयमा राणाराज्यको विरोध गर्दा उनी राणाको कोप भाजनको सिकार हुनु परेको सन्दर्भ योगदानका हिसाबले सानो हो त ? अवश्य होइन । नेपालीहरू जहिल्यै पनि तत्कालै परिणाम चाहने र तत्क्षण प्रतिक्रिया दिने संस्कारमा हुर्किंदै छन् । घरबाहिर मात्र लोकतन्त्र होइन कि घरभित्र र व्यक्तिमा पनि लोकतन्त्रको व्यवहार खोजीनु पर्छ ।

यद्यपि सुजाताको ‘इसु’ मा स्वास्थ्य मन्त्री गगन थापाले नयाँ उपचारको नियमावली ल्याउन खोज्दै थिए । उनी पोखरामा तरुण दलको महाधिवेशनमा गएका बेलामा सरकारले साखुल्ले हुन गृह मन्त्रालयको अगुवाइमा ‘रातारात नियमावलीलाई धोती लगाउँदै’ केबिनेट निर्णय गराएर पैसा दिइयो । नेताहरू दीर्घकालीन जीवनमा सुस्वास्थ्य भई बाँच्न पाउनु पर्छ । नेता मात्र नभएर आम जनताहरू पनि लामो समयसम्म सुस्वास्थ्य भएर बाँच्न पाउनु पर्छ । सबै जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र विकासका अधिकारहरू सरकारले अभिभावकको रुपमा पु¥याउनु पर्छ । देश अघि जान नेताको मात्र लगानी भएर पुग्दैन । जनताको पनि समूल समर्थन चाहिन्छ । भारतको तामिल नाडुकी मुख्यमन्त्रीका सवालमा भएको त्यही हो । त्यहाँका तमिल जनताले जयललितालाई ‘अम्मा’ भनेर आदरपूर्वक माया गर्दथे । त्यहाँ मर्ने मानिसलाई राज्य सरकारले जनही पचास हजारका दरले क्षतिपूर्ति दियो । अलिकति भए पनि समवेदनामा समभाव राख्यो ।

भारतमा धेरै नेताहरू आफ्नो समयमा काबिल देखिएका छन् । गुलजारीलाल नन्दा भारतमा धेरैपटक ‘कायम मुकायम प्रधानमन्त्री’ बन्दा उनका पालामा सरकारले उनको समेत पारिश्रमिकमा भारु पाँच सय बढाउने निर्णय गर्दा उनले केबिनेटको निर्णयमै फरक मत राख्दै ‘नोट अफ डिसेन्ट’ लेख्ेको पढ्न पाइन्छ । उनको भनाइ रहेको थियो –‘मेरा जनताहरू जो गरिबीको रेखामुनि रहेका छन् । तिनीहरू जीवनभर कोही पाँच सयको मुखै नदेखी मर्दछन् भने म कसरी एकैपटकमा पाँचसय भत्ता बढाउन सक्छु ।’ आफ्ना कार्यालयका कर्मचारी र नोकरचाकरहरूलाई समेत उनी आदर भावसाथ तपाई सम्बोधन गर्दथे । यतिसम्म कि उनी आफ्नी भार्यालाई समेत तपाईं भन्थे ।

नेपाल र नेपालीले बाह्य लोकतन्त्र मात्र ल्याएको हो । भित्री र व्यक्तिगत व्यवहारको लोकतन्त्र यो मुलुकमा कहिले आउने हो ? शिक्षित, दीक्षित, काविल, अनुशासित, आज्ञाकारी र स्वाभीमानी नेपालीलाई यो प्रश्नको उत्तर चाँडै लोकतन्त्रका लागि जीवनभर लडेका नेता र तिनका कार्यकर्ताहरूले दिन ढिला भैसक्यो । सम्बन्धित जन जनमा यो प्रश्न यतिखेर यक्ष प्रश्न भएर तेर्सिएको छ ।
।।समाप्त।।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…