जनताका  बिजुली , जनार्दन र कुलमान

सज्जन  कुमार सिंह

एउटा  अनाैठा‌े  परिघटना  घटेकाे छ  काठमाण्डु खाल्टाेमा ।  राजधानि  कालाे  थियाे । उजेलिएकाे  छ  ।सधै  अध्याराे  कालरात्री  जस्ताे  थियाे । अाज  झिलिमिलि  छ ।  मान्छेहरु  भित्तामा  टासिएकाे  अन  अफ  बटनमा   रमाइलाे  मानेर  चेक  गरिरहेका  छन्  । साच्चै  के  अचम्म  भयाे  अहाे  याे  बटन  बिग्रिएछ र पाे  , जतिबेला  फ्याट्ट  पार्दा  पनि  बिजुली  झिलिक्क  बलेकाे  छ ।पत्यार  लागेकै  छैन। हैन  हामिलाइ  बिजुलीले  छक्कायाे  क्या त !। अाज  बिजुली  अाइराख्दा  अाम  नागरिकलाई  छक्काउने  काे रहेछन भन्ने   मेसाे  सबैले  पाएका छन। छक्काउने  बिजुली  नभै  स्वार्थ का पाेका  कर्मचारि र  भ्रस्ट  ब्यक्तिहरु रहेछन ।   ।  बिजुली  अाइराखे  पनि  मनकाे  लाेडसेडिङ  गएकै  छैन ।जाअाेस  पनि  कसरी  हिजाे  सम्म  20/21  घण्टाकाे  लाेडसेडिङ  खेपिरहेकै  हाे । सासुले  बुहारिलाइ  साेध्छिन  साच्चि  बुहारि  अाज  कतिबेला जान्छ  बिजुली ।  प्रश्न फेरिएकाे छ ।  मान्छेकाे   मनस्थिति  केही  फेरिएकाे  छ ।  एक  महिना  पहिला त्यिनै सासुकाे    प्रश्न  हुन्थ्याे  बुहारि   अाज बिजुली  कती  बेला  अाउछ ? प्रश्न  फेरिए  संगै  काठमाडौं खाल्डाे फेरिएकाे छ ।

बिजुली  नै  नजाने  याेत  कसरी हुन्छ र ?याे  चमत्कार  प्रति  अाश्चार्यकाे  जीव्राे टाेक्नेहरुकाे  हुल  बाक्लाे  छ । लाेडसेडिङ  त काठमाडौकाे  एउटा  पहिचान  थियाे ।  अरु  नघाेके  पनि  नजाने  पनि एउटा  चिज  सबैले  घाेक्नै पर्ने   थियाे । त्याे  हाे लाेडसेडिङ  तालिका ।  त्याे हरेक  नेपालकाे  दिनहुकाे  पाठ  थियाे । थालबाट  गाँस  टिपेर  मुखमा  लादै  गर्दा फ्याट्ट  लाईन  जाने  खान्कि  मुखकाे  सट्टा  नाकमा  छिर्ने  त्याे  दुरदशा  हामिले  भाेगेका  छाै  ।प्रिन्ट  हान्दा  हान्दै गरेकाे  कागज  ब्याउन  लाएकाे   बच्चा  जस्तै अाधा  भित्र  अाधा बाहिर  हुन्थ्याे ।  बिचरा  त्याे कागज  कसरी  अड्किन्थ्याे । कागज  जस्तै  धेरै  चिज  अड्किन्थे  बिजुली  बिना । पढाइ  लेखाइ,पकाइ ,खुवाइ  काम  गराइ  सबै   अन्याेल  बनाउथ्याे । कल्पना  गरिए कै  थिएन  कि  याे मुलुकमा २4  घण्टा  बिजुली  अाउला  भनेर ।

बिजुली  हाम्राे  इच्छा  अनुसार  हाेइन  हामी  बिजुली  अनुसार  परिबर्तित  हुनु  पर्ने  थियाे ।  बिजुली  चाेर  जस्तै  छक्काएर  अाउने  हामि  मुखदर्शक भएर  हेर्ने बस्ने    नियति कम  ,पिडादायि  र हास्यास्पद   थिएन । तर  म पहिलाे  पटक  काेरिया  टेक्दा अचम्मै  लाग्याे  के  दिन  के रात  । पाच बर्षकाे  बसाइमा  एक  पटक  बिजुली  गएकाे   थाहा  पाइएन । नेपालमा  यसाे  अाकाश  गड्याङ  गरे  बिजुली  गयाे । सरर।।हावा।।चल्याे  पानी  अायाे  बिजुली  गै हाल्याे । तर  प्राधिकरणका  कर्मचारिले  कुनै जानकारि  दिदैनथे । कहाँ  के  भाे  कसरि  गयाे ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत् माग छ ।भारतबाट समेत आयात गरिएको विद्युत् समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै विद्युत् आपूर्ति भइरहेको छ। कुशल व्यवस्थापन गरिएकै कारण प्रणालीमा कुल ४०० मेगावाट कमि छ  तर  चुहावट  र  सहि ब्यबस्थापनले  अहिले  २४  घण्टा   झिलिमिलि  पारिएकाे रहेछ ।

माथिल्लो मर्स्याङ्दी, हेवा खोलालगायत केही आयोजनाबाट हाल ४५ मेगावाट मात्रै विद्युत् उत्पादन थप भएको छ । प्राधिकरणका अनुसार हाल भारतबाट करिब २८० मेगावाट विद्युत् आयात भइरहेको छ । निकट भविष्यमा नै थप २५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएकाे  छ

एमाअाेवादि र काग्रेसकाे  सयुक्त   सरकार   छ । देश बिकासका  लागि  जस्ताे  सुकै  ठुलाे  जाेखिम  माेल्न  तयार  भएका उर्जा  मन्त्री जनार्दन  र उनकै  पहलमा  बिद्युत  प्रधिकरणका   निर्देशन बनाईएका  कुलमान  घिसिनले  काठमाण्डाै  झिलिमिली  बनाए।  देश नै  झिलिमिलि  पार्ने  अभियानमा  लागेका  उनिहरुकाे  याे  अभियानलाई  मेराे सलाम  छ ।

तर  उनिहरुकाे  देश झिलिमिलि पार्ने  अभियानमा  देशका  लाेडसेडिङहरु अबराेध  बनिरहेका  छन  । बिद्युत  प्राधिकरणलाई  कमाइकाे  भाडाे  बनाएर, निश्चित  ब्यक्ति र  उद्याेगलाइ  सस्ताेमा  बिजुली  उपलब्ध  गराउने , बिजुली  चाेर्ने  र  कमिसन  खाने अपराधिहरुलाई  कारबाहिकाे  दायरामा  ल्याउनु  जरुरि  छ।

सधै  हामिले   पढ्याै ।  हामि  संसारमै  जलस्रेातमा  दाेस्राे धनी  देश का  नागरिक  हाै ।  देशमा 83 हजार  मेगावट  विद्युत  निकाल्न  सकिन्छ तर 40/50  बर्षकाे  समयमा  मात्र ६  सात  सय  मेगावाट भन्दा  बिद्युत  उत्पादन  गर्न  नसकिएकाे  प्राधिकरणले  बताउदै  अाएकाे छ । संभावना  त  यति  सम्म  छ  कि  बागलुङ काे  एउटा खाेलाबाट 2 दर्जन बढि  ठाउमा  बिजुली  निकालिएकाे छ ।यस्ता  सम्भावना  जति  पनि छन  तर  अझै  हामिलाइ  लगानी र।अन्याेलताले गाजिरहेकाे छ ।
बिद्युत  बेचेर  हामी  सम्वृद्द  बन्न  सक्छाै । केही समय  अगाडि  मात्र  बंगालादेशले  अाफै लगानी  गरेर अाफै  बिद्युत  किन्ने ठुलाे  प्रस्ताव  गरेकाे कुरा  सार्वजनिक  भएकाे  छ । याे  प्रस्ताव  कार्यान्वयनमा  लगियाे  भने  अर्बौं   रकम  नेपाल  भित्रने  छ ।त्यसैले  याे  प्रस्ताव जसरि  पनि  कार्यान्वयनमा लगिनु  पर्छ ।

देशकाे  पानी  जनताकाे  लगानी  भन्ने   सान्दर्भिक   नारा  मन्त्री  शर्माले  अगाडि  सारेका छन । देशका  केही नदि  नाला  र  बिद्युत  उत्पादन का  संभावना  भएका  स्राेत  भारतिय कम्पनीले  लाेड  गरेर  राखेका छन् ।  केहि  प्राेजेक्ट  नेपाललाइ  घाटा  पार्ने  गरि  लेङ्गरिङ  गरिएका  छन ।  देशकाे  पानी  नागरिककाे  लगानि  हुने गरि  ऐन  ल्याउन लागिएकाे  छ । याे पनि निकै  सुखद  समचार  हाे । सामान्य नागरिकले  ढुक्क संग सक्ने  जति  लगानी  गरि  सुनिश्चित   भबिस्य  बनाउने  अभियानमा  सफल  बनाउन  नारा मात्र  सिमित   नराखि  ब्यबहार मा  लागू  गर्नु  जरुरि छ ।

देशमा धेरै  नदि  बगेकाे   छ । त्यहा  हाम्राे  ठुला संभावना  बगेर खेर गैरहेकाे  छ । पानीमा  ठुलाे पैसा  बगिरहेकाे  छ  तर हामिले  त्याे  पैसा  छाेप्न  सकिरहेका छैनाै । कि  हामी  देशमा  बगेकाे  पैसा  टिप्न  नसकेर  मरुभूमिमा  बालुवा  चालिरहने  बाध्यता  छ। देशमा  यति  सम्भावना  हामी  गरिब । देशमा 83  हजार  मेगावाट काे  सम्भावना  दृशमा  22  घण्टा  लाेडसेडिङ ?

देशकाे लाेडसेडिङमा  स्वार्थकाे फाईदा  उठाएका  प्राधिकरणका  पुर्व  एम डि र कर्मचारिहरुकाे  कुकर्त्य  ऊदांगिएकाे  छ । कमिसनमा  परि उद्याेगलाई  अाधा बढि  विजुली  दिएर नागरिकलाइ  अध्याराे  बनाएका अपराधीहरु  अाज  पनि  जनार्दन  र  कुलमानकाे  याे अभियानकाे अबराेध  बनिरहेका  छन ।

देशमा असल नेतृत्वले  सामान्य  नागरिक प्रति  जवाफदेहि  बन्दा,सामान्य  ब्यबस्थापनमा  हेरफेर गर्दा  ठुलाे  उपलब्धि  हासिल हुन्छ भन्ने  कुरा  लाेडसेडिङ  अन्त्य  प्रयासले पुष्टि  गरेकाे छ ।यस्तै  अन्य क्षेतत्रका  गलत  ब्यक्ति लाई फालेर  उर्जाशिल र सक्षम  नेतृत्वलाइ  काम  गर्ने  बाताबरण   बनाउनु  पर्छ ।

न त बिद्युत  प्राधिकरणकाे  बिश्वास  थियाे  नत  बिद्युत  काे । बिजुलीले  नागरिकबाट  बिश्वास  गुमाएकाे  थियाे, । तर अहिले मन्त्री  शर्मा ,  निर्देशक  घिसिङ  र  सिंगाे  टिम  देशलाइ  बिजुलिमय बनाउन  लागिपरेका  छन र  क्रमिक  रुपमा  सफल  भएका  छन । सबै  क्षेत्रले  घिसिङ  र  याे  समुहबाट सिकाै । सबैले  जिम्मेवारी  बहन  गराै  देशलाइ  अहित  हुन  काम  नगराै  ।
कुन‌ै  एक  दुई  जना  गतिलाे  मान्छे  निर्णायक  तहमा  पुग्दा  र  सहि  ब्यबस्थापन  गर्दा यत्राे  परिबर्तन  सम्भव छ भने  सबै  कर्मचारिहरुले  अाफ्नाे  जिम्मेवारि  पालना  गरे  कस्ताे  बन्दाे  हाे देश  । प्रश्न  सरल  तर  गम्भीर छ । देशमा  भएकाे  चिजलाइ  सहि  ब्यकस्थापन  गराै  र  नभएका  चिजलाइ  खाेजाै  बिकास  गराै । देशका  किजुली  मन्त्री  जनार्दन  र  कुलमान लाई  सलाम छ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…