दिल्लीका ‘ज्वाइँ’हरू

कुरो नचपाई भन्दा –‘नेपालको स्वतन्त्रता यात्रा निकै लामो हो ।’ राणा राज्यको विरोध गर्दा सत्ताबाट पहिलोपल्ट कोपभाजन हुने सहिद लखन थापा मगरदेखि २०६२ को जनान्दोलन र मधेश आन्दोलनमा सहिद हुने तमाम नेपालीले समानता र समताको पर्याय गणतन्त्रलाई देशको गन्तव्य बनाई आआफ्ना क्षेत्रबाट बगावत् गर्दै लडेर अमूल्य जीवन अपर्ण गर्दै सहादत् भएका हुन् ।  जनताका मेसोबाट क्रान्तिका नाममा कञ्जुस्याइँ भएन । इतिहास साक्षी छ । फलतः हामीले केही धमिलो, घुर्मैलो र ‘नट्खट’् नै सही स्वतन्त्रताको स्वाश फेर्न पायौं । बोल्न, लेख्न, उफ्रिन, कराउन, विरोध गर्न र वगावत गर्न भलीभाँती छुट पाएका छौं । यस मानेमा चेतनशील नेपाली मनमा धेरै ठाउँ चित्त नबुझे पनि केही सन्तोष मिलेको छ ।

देश यावत् परिवर्तनपछि धेरै नभए पनि केही अगाडि पक्कै गएको छ । नेपाली चेतनाको पारो माथि पुगिसकेको छ । देश धनी हुने सम्भावनामा छ तर नेतृत्व पुरानो मानसिकताका । कुरो यहीँनेर गुजुल्टिएको छ । भनिन्छ –‘कालो बादलभित्रै चाँदीको घेरा हुन्छ ।’ अब ‘युवालाई काम बूढालाई आराम दिनु प¥यो ।’  म्याच फिक्सिङ्को अनुसन्धानपछि नेपाली फुटबललाई गति दिने सर्वेन्द्र खनाल, अँध्यारो बेच्ने राष्ट्रदोषी विरुद्ध उदाएका कुलमान घिसिङ, स्वास्थ्य क्षेत्रका डा. गोविन्द केसी, डा. सेन्दुक रुइत, डा.भगवान् कोइराला र डा.उपेन्द्र देवकोटा, आविष्कारक महावीर पुन, सिएनएनकी सुपर हिरो पुष्पा बस्नेत, विश्व कूटनीतिका कूलचन्द्र गौतम, फिल्म निर्देशकद्वय र नवीन सुब्बा र मीनबहादुर भाम, कलाकार दिपकराज गिरी, दीपाश्री निरौला, धुर्मुस–सुन्तली, क्रिकेटका पारस खड्का, फुटबलका बिमल घर्तीमगर र पत्रकारिताका प्रतीक प्रधान, अमित ढकाल, नारायण वाग्लेहरूका आसाप्रद केही सुकार्यले नयाँ पुस्तामा उमङ्गका वीजाङ्कुरण गरेका छन् ।

विगत् दसकमा कैंयौं नेपाली पुस्ताको जीवन धुलीसात भयो । हजारौं होनहार सपुत मारिए । ‘वीर’ विशेषणबाट नेपाली ‘बिर’ मा आइपुगे । कविहरूले कवितै लेखे –‘तिमी त अब नचिनिने भएछौं ।’  नेपाल वृत्तमा कुद्यो । सिधा रेखामा कुद्ने विकासशील देशहरूले विकासे छलाङ् मारे । २०२० र २०३० को दसकसम्म एसियाका थाइल्याण्ड, मलेसिया, कतार, फिलीपिन्स र दक्षिण कोरिया हामीभन्दा अघि थिएनन् । कतिपय सवालमा ती देशभन्दा हामी उँचो थियौं । हाम्राँ शासक फगत शासक मात्र भए ।

विगत् दसकमा कैंयौं नेपाली पुस्ताको जीवन धुलीसात भयो । हजारौं होनहार सपुत मारिए । ‘वीर’ विशेषणबाट नेपाली ‘बिर’ मा आइपुगे । कविहरूले कवितै लेखे –‘तिमी त अब नचिनिने भएछौं ।’  नेपाल वृत्तमा कुद्यो । सिधा रेखामा कुद्ने विकासशील देशहरूले विकासे छलाङ् मारे । २०२० र २०३० को दसकसम्म एसियाका थाइल्याण्ड, मलेसिया, कतार, फिलीपिन्स र दक्षिण कोरिया हामीभन्दा अघि थिएनन् । कतिपय सवालमा ती देशभन्दा हामी उँचो थियौं । हाम्राँ शासक फगत शासक मात्र भए । त्यहाँका व्यवस्थापक । जमाना बद्लियो शासकलाई भेउ भएन । हाम्राहरू व्यवस्थापक भूमिकामा देखिएनन् ।

पञ्चायतले बरू उद्योगको गतिलो व्यवस्थापन गरेको थियो । बहुदल आएपछि सानाठूला गरेर १३ सय उद्योगधन्दा मटियामेट भए । जनकपुर चुरोट डुबाउन सूर्य टोबाको खोलियो । याक म¥यो शिखर मौलायो । खुला अर्थतन्त्रको गीत गाउँदै हामीले राजनीतिक स्वार्थका लागि ती उद्योग बलीको बोको बनायौँ । काँग्रेसले बीपीको समाजवादलाई पोलेर खायो । खुला अर्थनीतिका गीत गाउनेलाई बीपीको प्रजातान्त्रिक समाजवाद रत्ति हेक्का रहेन । पूँजीवादमा प्रवेश गर्नै नपाई हामी दिशाभ्रम भयौं । समाजवाद त टाढाको विषय भैदियो । अनि जनतालाई गणतन्त्र भयो –‘कागलाई बेल पाक्यो हर्ष न विस्मात् ।’

पञ्चायतमा देशलाई चाहिने कैंयौं वस्तुहरू स्वदेश मै उत्पादन हुन्थे । हामी कृषिजन्य वस्तु निर्यात गर्दथ्यौं । बेपार घाटा अहिलेजस्तो विकराल थिएन । समाजिक एकता, भाइचारा र अतुल शान्तिसुरक्षा विद्यमान् थिए । थाइ एयरलाइन्स र नेवानि एकैदिन जन्मेका जम्ल्याहा हवाई सेवाप्रदायक संस्था हुन् । आज थाइ एयरलाइन्स विश्वव्यापी भैसक्दा, हामी जहाँको त्यहीँ छौं । अझ एनएसीको हालत गुज्रेको छ । संसारकै १० खराब एयरपोर्टमा त्रिभुवन विमानस्थल आउँछ । अझ क्रमशः रसातलयात्रा गर्दैछ । जहाँ विदेशबाट आउने लगेजका चाबी काटिएर कैंयौं यात्रु लुटिन्छन् ।

व्यक्ति खराब भए एक कार्यकाल मात्रै खराब हुन्छ । व्यक्ति निमित्त हो, आउँछ, जान्छ । असर पर्दैन । तर सिष्टम खराब भए देशको भविष्य नै कोल्याप्स हुन्छ । राष्ट्र असफल भएर विघटनका सँघारमा पुगिसग्दा पनि राज्य हाँक्ने टाउकेहरू चुप लागेर आफू, आफ्ना परिवार र आसेपासेकै भलाइका लागि मरिहत्ते गरिरहेका छन् । उदेक लाग्छ ।
सिष्टम कोल्याप्स हुने खतरा बढ्दो छ । संविधानविद् भीमार्जुन आचार्य भन्छन् –‘म वकिल हूँ । वकिललाई मुद्दा र झैझगडा उसका पेसागत आवश्यकता हुन सक्छन् तर देश संघीयतामा जाँदा सँधैको मारकाट र झमेला मात्र हुन्छ । हाम्रोजस्तो देशलाई संघीयता फापसिद्ध छैन । इतिहासमा कहिल्यै कमजोर नभएको देशमा बाहिरिया शक्तिले खेल्नकै लागि संविधानसभा डिजायन गरेका हुन् । नेपालको सुदूर भविष्यको गन्तव्य म राम्रो देख्दिनँ ।’

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीको प्रश्न छ –‘पकेट साइज छ देश किन चाहियो प्रदेश ?’ यी दुवै भनाइलाई गम्नु आजको खाँचो भैसक्यो । जनता रोग, भोक, अशिक्षा, गरिबी, बेरोजगार र अविकासको निकास चाहन्छ । शासनमा जेसुकै विशेषण हुन् । चाहे तपाईं लोकतन्त्र भन्नुस् न गणतन्त्र । असल शासनको सिष्टम नहुँदा दुःख पाउने जनताले नै हुन् । विधिनिर्माता विधायकहरू सिष्टममा छैनन् । जनतालाई दिइने सेवा र सुविधा ‘फाष्ट ट्रयाक’मा अवलम्बन गरिनु प¥यो ।

काठमाडौँको ट्राफिक अस्तव्यस्त छ । सीताराम हाछेथु भएका ठाममा ‘जहाँ जाम त्यहाँ सीताराम’ स्लोगन चल्छ । अन्त हरिविजोग । राष्ट्रिय गौरवका आयोजनाको कार्यसुस्तता हेर्दा छक्क परिन्छ । पैसा नभएर नेपालमा विकास नभा’को होइन । जल विद्युत्को सेयर निष्काशन हुँदा खरिद लाइनमा लाठी चार्ज हुन्छ । मानिसले पैसा हाल्ने ठाउँ पाएनन् । बैँकमा तरलता छ । लगानी न्यून देखिन्छ । रेमिट्यान्सको फ्लो बढेकै छ । छिद्र कहाँनेर छ ? खोजी यही हो ।

छिमेकीको हामी प्रतिको दृष्टिकोण र नेताहरूको भ्यागुते उफ्राइलाई हेर्दा त्यो महारोग भविष्यमा झन् बढ्ने देखियो । संविधान कार्यान्वयनका सिलसिलामा दलहरू बीचको दन्तबझान बढ्दै जाँदा र विदेशी इसारामा पार्टीहरू जोक्कर बनेर राजनीतिक गोटी बन्दै जाँदा युवापुस्ता जेष्ठ नागरिक हुने बेलासम्म पनि सिष्टम अवलम्बन हुने छाँटकाँट देखिँदैन । त्यस्तो नहोस् देश पुनः लिकमा आएर गति लेओस् ।

मन अमिलो पारेर दुःखसाथ भन्नुपर्छ –‘यो प्रकृतिले दिएको तर नेताले बिगारेको देश हो ।’ संसारका घुम्नै पर्ने पाँच देशहरूको सूचीमा नेपाल पर्दछ । सगरमाथा, भगवान् बुद्ध र सुन्दर प्राकृतिक विविधतालाई निर्वाध उपभोग गर्दा नेपालले भविष्यका सन्ततिलाई भनेजति सुविधा र अवसरहरू दिलाउन सक्छ । केवल स्पाति व्यक्तित्वका नेताहरू स्टेस्म्यान हुनु प¥यो । जुनसुकै पार्टीबाट आए हुन्छ । राजनीतिक परिवृत्तहरूमा भन्ने गरिएझैँ ‘बिरालाहरू सेता हुन् वा काला तिनीहरूले मुसा मारे हुन्छ ।’
अनन्त सम्भावना छन् । के छैनन् ? सगरमाथाको ‘एभरेष्ट वाटर’ बेचेर लाखौं डलर कमाउन सकिन्छ । बुद्ध भूमिको माटो र माता जनकनन्दिनी सीतागाथालाई डकुमेन्ट्री बनाई ग्लोबलाइज्ड गरेमा ३ करोड नेपालीहरूलाई बसीबसी खान पुग्छ । यति कुरा हाम्रा योजनाकारलाई पत्तो छैन । डाँडापाखामा केबुलकार, सुरूङ्मार्गले भरिएका पहाडी नागबेली बाटाहरू, होमस्टे, रिजोर्ट, पदयात्रा, पर्वतारोहण र विद्युत्का मेघा आयोजनाले नेपाल कायापलट गर्ने बर्कत राख्छन् ।

सोचेजस्तो हुन नदिन पुराना चिन्तनका नेता लागेका छन् । जनता अल्मल्याएर भोट माँगी, सत्तारोहण गरी, अकण्टक नेता बनी देश लुट्न चाहन्छन् । जनतालाई कामकाजी बनाउन भित्री हृदयदेखि चाहँदैनन् । आश्वासनका ललीपप चटाउनु चुनावी धन्दा बनेको छ । ट्रम्पले ‘फस्ट वी अमेरिकन’ भन्दै चुनाव जिते । देशको माया त्यस्तो हुनु प¥यो । अब समय बद्लियो । सँधै विदेशी गुहार्दै र तिनकै गोटी बनेर सत्तामा बस्ने जमाना गए ।

सोचेजस्तो हुन नदिन पुराना चिन्तनका नेता लागेका छन् । जनता अल्मल्याएर भोट माँगी, सत्तारोहण गरी, अकण्टक नेता बनी देश लुट्न चाहन्छन् । जनतालाई कामकाजी बनाउन भित्री हृदयदेखि चाहँदैनन् । आश्वासनका ललीपप चटाउनु चुनावी धन्दा बनेको छ । ट्रम्पले ‘फस्ट वी अमेरिकन’ भन्दै चुनाव जिते । देशको माया त्यस्तो हुनु प¥यो । अब समय बद्लियो । सँधै विदेशी गुहार्दै र तिनकै गोटी बनेर सत्तामा बस्ने जमाना गए । आउँदा चुनावमा युवामय नयाँ पार्टी स्थापना गरेर भारतमा ‘आम आदमी पार्टी’ झैँ विकासको पोलिटिक्स गरेर ¥याडिकल डेमोक्रेसीका कुरा गरौं । नारामा जनता भुल्याइरहँदा कसैले नठाने हुन्छ अबका तीनचार दसकभित्र नेपाल सिरिया, लिविया या सुडान बन्न सग्छ । अहम्ले स्थिति भयावह देखिन्छ ।

युरो जोनमा जनसंख्याभन्दा धेरै पर्यटकहरू जान्छन् । ती देश पर्यटनबाटै विकसित छन् । खेल, शिक्षा, स्वास्थ्य र यातायात प्रविधिको चरम विकास छ । राजनीति स्थिर हुँदा विभिन्न तरक्की छन् । स्केन्डेनेभियन देशमा विकासका इन्फास्ट्रक्चरहरूले देशलाई प्रगतिशिखरमा पु¥याए । विकास गरेर नै ती देश आजको अवस्थामा पुगे ।
नेपालको ७ दशका समय संविधानका लागि खर्च भयो । जनताले आफ्ना प्रतिनिधिबाट संविधान त बनाए । कार्यान्वयनका लागि पार्टीमै कोहराम मच्चिएको छ । एउटाको कुरा अर्को सुन्दैन । ओली अङ्कलका कुरा प्रचण्डलाई फिस्स लाग्ने अनि देउवाका कुरा ओली नखाने । यो कस्तो हराम ! राजनीति हो ? ‘दिल्लीका ज्वाइँहरू सिल्ली राजनीतिको खोल ओढेर जनता ढाँट्नमा तल्लीन छन् ।’ संविधानमा प्रत्यक्ष्य निर्वाचित कार्यकारीको व्यवस्था गर्न सकिएको भए, चुनावमा ५ प्रतिशत मत नल्याउने पार्टीलाई थ्रेसहोल्ड लगाउन सकिएको भए, मतपत्रमा ‘राइट टु रिजेक्ट’ गर्न सकिएको भए, पार्टीगत भ्रष्टाचार निर्मूल पार्न चन्दा दिँदा, लिँदा ‘एकाउन्ट पे’ गर्न सकिएको भए प्रच्छन्न शान्ति, सुशासन र स्थिरता बहाली हुन्थ्यो फलस्वरूप नेपालमा मल्टीनेसनल मेघा उद्योगहरू खोलिन्थे । पठित र काबिल युवाले यहीँ रोगजारी पाउँथे । नेपाल संसारकै भिजिटिङ् हब बन्थ्यो । अहिलेजस्तो ५० लाख हाराहारी युवाहरू विदेशका गुलाम भएर बस्नु पर्थेनँ । घरकै लागि घरदेखिबाहिर बसेकाहरू राष्ट्रिय चाडमा घर आउन नपाउँदा रून्छन् । खाडीमा गएर कमाएको रूपैयाँ रेमिट्यान्सका रूपमा देशमा पठाउँदा यहाँका परिवर्तनकामी नेताले तरक्की गर्न सकेनन् । उल्टै खुनका आँसु बगाई पठाएको करलाई मनमौजी तर मार्न पल्केका यी ढाडे बिरालाले पार्टीगत सिण्डीकेटको संस्कार खडा गरे ।

पठित स्वदेशी पुस्ता घोर निराशामा छ । शिक्षानीति मै आमूल परिवर्तन गरेर ‘सिकाउने, टिकाउने र बिकाउने’ शिक्षा दिइएमा देशको मुहार हँसिलो हुनबेर लाग्दैन । नेपाली सोचेको परिवर्तन नदेखेपछि निराश भए । डिभी र पिआरको आसमा युरोप र अमेरिका हान्निएका छन् भने कोही छोटो अवधि खाडीमा आफ्नो भविष्यलाई अजमाउँदै घरपरिवार सम्झिँदै रूँदैबस्दै गर्छन् । हविगत र पारिवारिक विखण्डनका कथा पढ्दा नेपालीको मन कटक्क काटिन्छ । नेता हौं भन्नेले आन्दोलनका नदी तर्न मानिसको टाउका गन्ने र जब तरी सकियो अनि लौरो बिर्सेको घटना सम्झाए ।

खानीखनिज, ग्रामीण पर्यटन, कृषि पर्यटन, खेल पर्यटन र धार्मिक पर्यटनजस्ता कुरामा अघि बढ्ने हो भने नेपाल विश्वमा अब्बल बन्छ । परिस्थितिलाई कार्यान्वयन गर्न राजनीतिको घटिया बेपारिक शैली र छिमेकको गुलामीपन चाहिँ त्याग्नु पर्छ ।

देवकोटाले भने झैँ ‘नेपाल सानो छ तर आँखो छ । अल्प छ तर अल्पतामा दिव्य जादु ।’ खानीखनिज, ग्रामीण पर्यटन, कृषि पर्यटन, खेल पर्यटन र धार्मिक पर्यटनजस्ता कुरामा अघि बढ्ने हो भने नेपाल विश्वमा अब्बल बन्छ । परिस्थितिलाई कार्यान्वयन गर्न राजनीतिको घटिया बेपारिक शैली र छिमेकको गुलामीपन चाहिँ त्याग्नु पर्छ ।
नेता धेरै भए । राजनेता भएनन् । राजनेता नहुँदा संक्रमणका साँढेहरू डुक्रिए । जनचाहना सडक, पुल, विद्युत्, टेलिफोन, खेल, सिनेमा, प्राविधिक शिक्षा, आधुनिक कृषि, पशुपालन र स्तरीय स्वास्थ्य सेवा रहेको छ । नेताहरू प्रत्येक मञ्चबाट फोस्रा भाषण सुनाउँछन् । भाषण सुनेर कसैले विश्वास गर्दैनन् । नेपाल बद्लियो । फेरिए नेपालीहरू । जसरी अहिले प्रम प्रचण्डको सम्पत्ती विवरण ३ तोला सुन र १ कठ्ठा घडेरी भन्दा जनता मरीमरी हाँसिरहेका छन् । अर्थमन्त्री सबै जनताको बैंक खाता हुनु पर्ने भन्छन् उता सुप्रिमोको बरा बैंकमा खाता नै रहेनछ । सरकार कृपया जग नहसाऊ ।

यस्तै तालले नेपाल अघि बढिरहने हो भने आन्दोलनमा हजारौं मरेर अनि लाखौं अङ्गभङ्ग भएर ल्याएको गणतन्त्र पनि शनैःशनैः फुट, गुट र लुटको सिकार भई नासिनेछ । ‘पावर किङ्’का रूपमा देशको राजनीतिमा प्रभाव पार्ने जुझारू नेतामा चेतना भया ।
।।समाप्त।।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…