प्रवासीहरुले खोजी पत्रकारितालाई पुरस्कृत गर्ने

  धरान, २ पौष ।  प्रवासी नेपालीहरुले खोजी पत्रकारितालाई प्रोत्साहन गर्न खोजमुलक पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपालीहरुको नवगठित अन्तर्रा्ष्ट्रिय संगठन नेपाली साझा मञ्चले देशका लागि केही त गरौ ’ भन्ने अभियान अन्तर्गतनेपालमा खोजी पत्रकारिता गर्ने पत्रकारहरुलाई पुरस्कृत गर्ने भएका हुन् ।

मंञ्चले खोजी पत्रकारितालाई प्रोत्साहन गर्दा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने छ । त्यसैगरी राज्यको स्रोत, साधन र शक्तिको सदुपयोग गराई अनियमितता, भ्रष्टाचार र विकृति विसंगतिलाई न्यूनिकरण गर्न समेत योगदान पुग्ने ठहर गरेको छ ।

मंचका अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठका अनुसार यस अभियानलाई सफल बनाउन विभिन्न जिल्लाबाट वैदेशिक रोजगारका क्रममा प्रवासमा रहेका नेपालीहरुलाई संयोजन गरेर मंचले हरेक जिल्लाका खोजी पत्रकारिता गर्ने १ देखि ४ जना पत्रकारलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गर्ने छ ।

 पुरस्कार नेपाल पत्रकार महासंघको जिल्ला शाखाको सहयोगमा प्रदान गरिने छ ।

 

तपाईको प्रतिक्रिया

Loading...