राजनीति र बिकास

साउथ अफ्रिकामा नेल्सन मण्डेलाको पार्टी अफ्रिकन नेसनल कांग्रेस ले कालाहरुको स्वतन्त्रताको लागि आन्दोलन गर्यो । त्यसपछि त्यहाका पुर्ब शासक गोराहरुलाइ नै साथमा लिई अफ्रिकन नेसनल कांग्रेसले आफ्नो उर्जा बिकास र समृदिमा लगायो । अहिले साउथ अफ्रिकाको विकास उदाहरणीय छ । यो सन्दर्भ हाम्रो देशको वर्तमान परिस्थितिमा सान्दर्भिक हुन् सक्छ । नेपालमा प्रजा परिषद, नेपालि कांग्रेस, माओवादी वा अन्य दलहरुको गठन पनि यसरि नै बिशेष उदेश्य प्राप्तिका लागि भएका थिए । राणा शासनको अन्त्य, पंचायतको अन्त्य, निरङ्कुश राजतन्त्रको अन्त्य, संबिधान सभा आदि । पुरातन, निरकुश र यथास्थितिबादिको हातबाट देशलाई मुक्त गरि सकेपछि देशको परिवेश पनि बदलिन्छ ।

mandip
                 मन्दिप भट्टरार्इ

यस्तो बेलामा पार्टीहरुले आफ्नो पार्टी संचालनको तरिका बदलिनु पर्दछ । नीतिहरु बदलिनु पर्दछ ।आफ्ना एजेण्डाहरु समेत। तबमात्र देश निर्माण सम्भब हुन्छ । संबिधान सभाबाट संबिधान निर्माण गरि सके पछि अब हाम्रा राजनैतिक दलहरुको अभियान बिकास र समृदि केन्द्रित हुनु पर्ने हो । दलहरु भने महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्षम आफ्नो उर्जा विकासको लागि भन्दा पनि गुटबन्दि र अन्तर संघर्षको पक्षपोषणमा प्रयोग गरि रहेका छन ।

समस्या

हामी अब विकास खोजिरहेका छौ ।हामि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपान्तरण खोजिरहेका छौ । यी सबै शिर्षकहरु मध्ये आथिर्क बिकास अन्य सबै बिकासको कडी हो। हाम्रो आन्दोलन अब आर्थिक विकासको लागि हो । यहा प्रश्न उठ्छ, केले रोकेको छ हाम्रो विकासलाइ रु हाम्रो विकासलाइ हामि आफैले रोकेका छौ कि अरु कसैले रु यसको कारणखोज्दा अनेकौ कारण भेटिएलान् तर हाम्रो विकासको मुख्य रोग हामि भित्रै छ र केहि हामि बाहिर समेत । जहानिय राणा शासन, पंचायत र निरङ्कुश राजतन्त्रको विपक्षमा आन्दोलन गर्न एकजुट हुन सकेका हाम्रा दलहरु आन्तरिक लोकतन्त्र र परनिर्भरताबाट मुलुकलाइ बचाउन भने एकजुट हुन सकेका छैनन् । दलहरु बिचका अन्तरसंघर्षहरु चर्किदै जादा हाम्रो लोकतन्त्र बलियो हुदैन ।

जुन यथास्थितिको एउटा कारक हो । दलहरु आफुले मात्र केहि गर्न सक्ने आफु बाहेक अन्य पार्टीहरुले केहि गर्न नसक्ने सोच्दछन । राज्य संचालनको लागि लैनचौर र दिल्ली धाउछन् । राजदूतावासमा बिन्ति भाउ चडाउछन । आफुहरु बिचको हरेक स्थितिलाई अनिर्णयको बन्दि बनाउछन । नेपालले सुगौली सन्धि गर्नु भन्दा अगाडी नेपालको निर्यात आयात भन्दा पाच गुणा बढी थियो भनिन्छ । सुगौली सन्धि पछि विस्तारै उधोग धन्दाहरु कमजोर हुदै गए । हामि आश्रित हुदै गयौ । भारत सग असमान सम्बन्धमा बाधिनु हाम्रो आर्थिक कठिनाइ र अल्पविकसित र परनिर्भरता हुनुको एउटा कारण हो । जब सम्म हामि आत्मनिर्भर हुदैनौ तब सम्म हाम्रो राष्ट्रियता बलियो हुदैन । परिणाम हाम्रो देशको सार्वभौमिकतामा जहिले खतरा रहिनै रहन्छ।

नेपालमा अहिलेपनि २५।२५ नागरिकहरु गरिबीको रेखा मुनि छन । सार्क राष्ट्हरुमा प्रतिशतको आधारमा यो संख्या बंगलादेश९३१।५५० पछी सबैभन्दा धेरै गरिब भएको देश मानिन्छ । त्यसैगरी नेपालको कुल ग्राहस्थ उत्पादन ६८९।८१ अमेरिकी डलर हो । यो विश्वको औसत कुल ग्राहस्थ उत्पादन को ५५ मात्र हो । यसरि धेरै भन्दा धेरै गरिब, शोसित, पिडित, र उत्पीडितहरु भएको हाम्रो जस्तो देशमा जनताको सेवा गर्ने राजनैतिक पार्टीको नेतृत्व स्वच्छ र पारदर्शी हुनु पर्ने हो । दृश्य भने फरक छ। जनताले छानेका नेताहरु भ्रष्टाचारको अभियोगमा जेल परेका छन । फरार सुचिमा भएका अपराधी सग प्रधानमन्त्री खुलेआम भेटेका छन । अदालतले कार्वाहीको लागि फैसलागरेका व्यक्तिहरुको संरक्षण गर्दछन । त्यतिमात्र होइन यिनीहरु पार्टी भित्र गुट संचालन गर्दछन, झगडा गर्दछन । पार्टी फुटाउने यिनीहरुको पुरानो रोग नै हो । यस्ता प्रवृति र आचरण बोकेका नेता तथा पार्टीहरुबाट भने विकास सम्भब छैन ।

अबको बाटो

विकासको कुरा गर्दा अब कुन बाटो जाने भन्ने नि सोच्नु पर्दछ । बिकास सम्भब छ तर हामीमा काम गर्ने जागर, उत्साह र प्रतिबध्ता को खाचो छ । सगै विकास र सम्रिदिका केहि नियम हुन्छन। यी नियमहरु गणित र लेखा का जस्तै सिधा भने हुदैनन् । लामो समय सम्म राणाहरु ले शासन गरे । एकात्मक राजतन्त्र अन्तर्गत समेत देश संजालन भएको कारणले गर्दा हामीकहा सामन्तवाद उत्कर्षमा पुग्यो। त्यसले गर्दा क्रान्तिको महसुश गरियो र अभुतपुर्व ढंगले ति सामन्तीसत्ता विरुद्धमा आन्दोलन भए । परिणाम हामी सामु छ । यस्ता सबै आन्दोलन र क्रान्तिको मुख्य उदेश्य जनताको सुख र समृदि हो । रात भरिमा यो सम्भब पनि छैन त्यसको लागि हाम्रा दलहरुले केहि योजना साथ अगाडी बढ्नु पर्दछ ।

गरिबी र बेरोजगारीको समस्या हटाउन दिर्घकालिन, मध्यकालीन र अल्पकालीन योजना बनाएर हाम्रा नेताहरु अगाडी बढ्नु पर्दछ । कुनै कुरा गर्दा मुख्यकुरा पत्ता लगाउनु र त्यसमा केन्द्रित भएर लागेमा सफलता निश्चित छ । हामि सग अथाह जलसम्पदा छ, जंगल छ, जमिन छ, जडिबुटी छ, धार्मिक क्षेत्र र पर्यटकिय क्षेत्र छन् र हाम्रा करिब ४० लाख युवाहरु बिदेशमा श्रम बेच्न बाध्य छन् । हाम्रो राजनैतिक स्थिरता र वस्तुसंगत विकासको योजनाको अभावमा हाम्रा आन्तरिक श्रोत साधनहरु प्रयोग बिहिन बनिरहेका छन् । हाम्रा आन्तरिक श्रोत साधनको तत्कालै अधिकतम उपयोग गर्न हामि सक्दैनौ । यस्तो अवस्थामा हामीले बिदेशी पुजीलाइ आकर्षित गर्न सकेमा हाम्रा खेर गैरहेका श्रोत साधनहरुको उपयोगिता सृजना गर्न सकिन्थियो ।

यसले हाम्रो आफ्नै देशमा रोजगारीको वातावरण बन्नेथियो । हामि हाम्रो ब्यापार घाटालाई सन्तुलनमा ल्याउन समेत सक्नेथियौ । हाम्रा श्रोत साधन, बिदेशी पुजी र प्रविधिको ठिक संयोजनले अपेक्षित विकास गर्न सकिन्छ । यसले हामीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउदछ । आर्थिक सम्पन्नताले मात्र हाम्रो राष्ट्रियता बलियो बनाउन सकिन्छ । देशभित्र हामीले उत्पादन गर्न सक्ने वस्तुको प्रवद्धन गर्दै रोजगारीको सृजना आजको आवश्यकता हो । हाम्रो प्रर्यटन र जलस्रोतको सम्भावना यसमा तुलनात्मक लाभका क्षेत्र हुन् सक्दछन । यस्ता क्षेत्रमा अधिकतम श्रोत साधन परिचालन गर्नु उपलब्धि मुलक हुन सक्दछ ।

संसारमा विकसित मुलकहरु धेरै छन तसर्थ विकास सम्भब छ । खाचो छ स्थायित्व र स्थिरता को अनि दूरदर्शीताको । हाम्रो राजनीति अलिकति फोहोर पक्कै हो । यसलाई सफा गर्नु जरुरि छ । राजनैतिक नेतृत्वमा स्पष्ट दृष्टिकोण, इमान्दारिता, इच्छाशक्ति भएमा असम्भब केहि छैन । यति खेर हामीले बुझ्नु पर्ने कुरा के पनि हो भने नेताहरुलाई गालि गरेर मात्र भने केहि हुदैन । आम जनतामा मेहेनतको भावना र मैले पनि देशको लागि केहि गर्नु पर्दछ भन्ने भाव हुनु पर्दछ । हाम्रो बुझाइमा केहि कमजोरी छन् । हामि जन्मजात परिचयलाई आधार मान्दछौ न कि हाम्रा आफ्नै उपलब्धिलाई। हामीमा श्रमलाई सम्मान गर्ने भावनाको विकास हुनु पर्दछ । यसरि राज्यको नीति र जनताको मेहेनत बाट मुलुकको निर्माण, विकास, आर्थिक संम्पन्नता सम्भब छ ।

तपाईको प्रतिक्रिया

Loading...